१३ श्रावण २०८३, बुधबार
,
Latest
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड, शिक्षामन्त्री पोखरेलद्वारा प्रधानाध्यापकसँग छलफल प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ, ४८ करोड कर्जा प्रकरणमा अनुसन्धान सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई… स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः महिला भलिबलमा सशस्त्र विजयी



अ+ अ-

म्याग्दी । विभागीय टिम सशस्त्र प्रहरी बेनीमा बुधबार सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला भलिबलमा विजयी भएको छ । अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै सशस्त्रले उपाधी चुमेको हो । पहिलो सेट २५–१९, दोस्रो सेट ३०–२८ र चौथो सेट २५–१९ को अन्तरले शसस्त्रले जितेको हो ।

सशस्त्रलाई पुलिसले तेस्रो सेटमा २४–२६ को अन्तरमा पराजित गरेको थियो । बिनिता बुढाथोकीको कप्तानीमा रहेको शसस्त्र र कमला पुनको नेतृत्वमा मैदानमा उत्रीएको पुलिस क्लबको खेल प्रतिस्पर्धात्मक थियो ।

यसैगरी घरेलु टिम गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमति प्रदेश प्रतियोगितामा तेस्रो भएको छ । बागमतिले दोस्रो, तेस्रो र चौथो सेटमा गण्डकीलाई २५–१२, २५–२१ र २५–१७ अन्तरमा पराजित गरेको हो । पहिलो सेट गण्डकीले बागमतिलाई २५–२० अन्तरमा जितेको थियो ।

असोज २८ गतेदेखि शुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम सहभागी थिए । विजेता टिम शसस्त्रका खेलाडीलाई आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनही रु १५ हजारका दरले पुरस्कृत गरेको छ ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, उपप्रमुख दिलकुमारी केसी, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले पुरस्कार, मेडल, प्रमाणपत्र र ट्रफी वितरण गर्नुभएको थियो ।




भर्खरै