२८ भाद्र २०८३, आईतवार
,
Latest
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘उहाँ आगो हो डढेले लगाउनुहुन्छ, एक दुई बाल्टी पानीले निभाएको पनि सम्झना रहोस्’



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्नुभएको छ । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले भन्नुभयो, "सत्ता परिवर्तन हुनुवित्तिकै यही रोस्टमबाट म आगो हुँ, मसँग नखेल नत्र भन्नुभो । मलाई थाहा छ उहाँले विगतमा देशमा लगाएको डढेलो म सम्झिन्छु ।" 

उहाँले अगाडी भन्नुभयो, "उहाँ आगो हो थाहा छ डढेलो लगाउनुहुन्छ, तर एक दुई बाल्टी पानीले निभाएको पनि सम्झना रहोस् । यस्तो डढेलो निभाउन हामीलाई पनि आउँछ । यस्ता आगो निभाउन पानी खन्याउनुपर्छ । सरकार बन्दैछ प्रतिपक्षलाई धम्क्याउने ?"