२८ भाद्र २०८३, आईतवार
,
Latest
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८’ पारित



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले “स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८” लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई पारित गरियोस् भन्दै बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

सो विधेयकलाई पारित गर्नुपूर्व बैठकमा विधेयक उपर विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल भएको थियो ।

विधेयकमाथिको छलफलमा भाग लिँदै नेकपा एमालेका सांसद कोमल वलीले आफ्नो धारणा राख्नुभएको थियो भने छलफलमा उठेका प्रश्नहरुको मन्त्री कार्कीले जवाफ दिनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २७ गते बुधबार दिनको १ बजे बस्ने छ ।