२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्णकुमार श्रेष्ठलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण



file
अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले नेकपा एसका बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)लाई स्पष्टीकरण सोधेको छ ।

आयोगले श्रेष्ठलाई बेरोजगार युवालाई फ्री–भिसा–फ्री टिकटमा विदेश पठाइदिने भन्दै बारालगायतका जिल्लाबाट युवाहरूलाई जम्मा गरी प्रलोभन देखाएको भन्दै स्पष्टीकरण सोधेको हो ।

‘प्रलोभन देखाउनुभएको सम्बन्धमा के कसो भएको हो ? २४ घण्टाभित्र निर्वाचन आयोग वा तपाईं उम्मेदवार रहेको क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमार्फत स्पष्टीकरण पेस गर्नुहुन अनुरोध गरिन्छ’ आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ ।

यो पनि पढ्नुस्ः नेकपा एसका नेता श्रेष्ठको चुनावी फण्डाः युवालाई विदेश पठाइदिने प्रलोभनमा थालियो अन्तर्वार्ता