२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ बजेट नल्याइने, अध्यादेश बजेटमाथि प्रतिस्थापन विधेयक ल्याइने



अ+ अ-

काठमाडौं । सरकारले नयाँ बजेट नल्याउने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थतन्त्र सम्बन्धी श्वेतपत्र प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले अध्यादेशमार्फत जेठ १५ गते प्रस्तुत गरेको बजेटलाई प्रतिस्थापन गर्ने विधेयक संसदमा प्रस्तुत गरिने बताउनुभएको हो ।

अर्थमन्त्री शर्माले अहिले संसदमा अघिल्लो सरकारले देशमा राम्रो काम नगरेको र ब्रम्हलूट मच्चाएको भन्दै विवरणहरु प्रस्तुत गर्दै हुनुहुन्छ । 

उहाँले सदनमा कूल ग्राहस्थ बचत ६.६ प्रतिशतमात्रै रहेको, कूल ग्राहस्थ उत्पादन र कूल ग्राहस्थ बचतको रेसियो ४१ प्रतिशतबाट ३१ प्रतिशतमा झरेको र सार्वजनिक ऋण देशको कूल ग्राहस्थ उत्पादनको ४० प्रतिशत पुगेको र पछिल्लो वर्ष सार्वजनिक ऋण २५० प्रतिशतले बृद्धि भएको दावी गर्नुभयो ।