१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

कास्की । आफ्नै श्रीमती ५५ वर्षीया श्रीमाया कामीको हत्या गरेको अभियोगमा माछापुच्छ्रे गाउँपालिका-२ बाँझाखेत बस्ने ६५ वर्षीय श्रीराम कामीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

श्रीरामले मादक पदार्थ सेवन गरी सिलौटाको लोहोराले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी श्रीमायाको स्थानीय स्वास्थ्य चौकी हुँदै पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर र प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।