९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

हाम्रो गठबन्धन पवित्र, एमालेको अपवित्र: माधव नेपाल(भिडीयोसहित)

हाम्रो गठबन्धन पवित्र, एमालेको अपवित्र: माधव नेपाल(भिडीयोसहित)
फाईल फोटो
अ अ+ अ-

ललितपुर । नेकपा (एमाले)ले गरेको गठबन्धन अपवित्र भएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताउनु भएको छ ।

अध्यक्ष नेपालले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन भने पवित्र भएको दावी गर्नु भयो । सत्तारुढ गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले एमालेले बनाएको विपक्ष गठबन्धन भने अप्राकृतिक तथा अपवित्र दुवै भएको जिकीर गर्नु भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिने र लोकतन्त्र मास्ने कामलाई रोक्नका लागि गठन भएकाले सत्तारुढ गठबन्धन प्राकृतिक र पवित्र रहेको अध्यक्ष नेपालको तर्क थियो ।

उहाँले जहानिँया राणा शासनको अन्त्य गर्ने, पञ्चायती निरंकुशता अन्त्य गर्न सफल काँग्रेस र कम्युनिष्टहरुबीचको गठबन्धन अव पनि सफलताको विन्दुमा पुगी छाडने बताउनु भयो । अध्यक्ष नेपालले भन्नु भयो, ‘पहिलो कुरा गठबन्धनको बारेमा प्रश्नहरु उठलान । यो गठबन्धन प्राकृतिक हो कि अप्राकृतिक ? यो प्रश्न खडा हुन्छ । अर्को विपक्ष जुन गठबन्धन बनाएका छन । त्यो पवित्र गठबन्धन होकी अपवित्र गठबन्धन ? यहाँ प्राकृतिक, अप्राकृतिक मात्र होइन । यो नेचुरल पनि हो र पवित्र पनि हो । अर्को हाम्रो जुन विपक्षको गठबन्धन छ । त्यो अननेचुरल पनि हो । र, अपवित्र पनि हो ।’

‘पहिलो हाम्रो गठबन्धन गणतन्त्र र संविधान जोगाउनका लागि भएको हो । संविधान रक्षाको लागि, संविधान कुल्चने काम भएको थियो । दुई दुई पटक संविधान कुल्चने काम भएको थियो । मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयत्न भएको थियो । जब्बर्जस्ती समयभन्दा पहिले नै अधिकार मागेर प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्ने काम गरेको थिए । तत्कालीन प्रधानमन्त्रीले । त्यसको विपक्षमा हामी उभियौं ।’

‘देशको संविधान जोगायौं । संविधान मात्रै जोगाएको होइन, लोकतन्त्र पनि जोगायौं । जुन हिसावबाट मुलुक अधिनायकवादको बाटोमा जाँदै थियो । संविधानको आफूखुशी व्याख्या गर्दै, तोडमरोड गर्दै, अपब्याख्या गर्दै जाने प्रवृत्ति देखिएको थियो । त्यसलाई हामीले ठिक लिगमा बसाल्यौं । गणतन्त्र पनि मास्ने अभियान सुरु हुन खोज्दै थियो । त्यसलाई पनि जोगाउने काम हामीले ग¥यौं । अस्थिरताको अवस्थाबाट देशलाई जोगाएर स्थिरताको बाटोमा लग्यौं । यसरी पवित्र उद्देश्यका साथ यस्ता पार्टीहरुसँग हामीले गठबन्धन ग¥यौं ।’

‘जुन पार्टीबीच एकताको लामो परम्परा रहँदै आएको छ । राणाशाहीको विरुद्धमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी मिलेपछि मात्रै हामीले राणाशासनलाई धराशायी बनाउन सक्यौं । पञ्चायती निरंकुशतालाई पनि यी दुईटा पार्टी नमिलेसम्म हामीले पराजित गर्न सकेका थिएनौं । जुन दिन हामीले मिलेर, एकतावद्ध भएर आन्दोलन सुरु ग¥यौं । यो सफलताको शिखरमा पुग्यो ।’

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनलाई विजयी गराउनका लागि एकतावद्ध भएर अगाडि बढन पनि गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । गठबन्धनको तर्फबाट आगामी निर्वाचनका लागि साझा प्रतिवद्धता पत्र कात्तिक २ गते (भोली) सार्वजनिक हुने भन्दै उहाँले जनताको घरदैलोमा पुगेर त्यसको प्रचार अभियानलाई तीव्रता दिनुपर्ने बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नु भयो, ‘गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनका लागि तपाईहरु एकतावद्ध भएर, योजनावद्ध भएर अवश्य पनि सफलताको विन्दुमा पु¥याउनु हुनेछ भन्ने मैले आशा र विश्वास लिएको छु । हाम्रो सहकार्य जति सशक्त हुँदै जानेछ, जति धेरै हामी समन्वय गर्दै जानेछौं । जति धेरै हामी जनताको माझमा पुग्नेछौ। । हाम्रो विजय त्यति सुनिश्चित हुनेछ ।’

अध्यक्ष नेपालले मुलुकको शासन संचालनमा त्रुटी, कमीरहेको औंल्याउँदै त्यसलाई सुधार गरेर अघि बढन पनि सरकारलाई सुझाव दिनु भयो ।