५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवारी खारेजीविरुद्ध राजु गुरुङ सर्वोच्चमा



अ+ अ-

काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार राजु गुरुङ आफ्नो उम्मेदवारी खारेजी बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।

सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार गुरुङले बैकिङ कसूरसम्बन्धी मुद्दामा सजाय पाएको उजुरी परेपछि निर्वाचन अधिकृतले प्रमाणका आधारमा उनको उम्मेदवारी खारेजी गरेका थिए ।

गुरुङ निवर्तमान कानूनमन्त्री गोविन्द बन्दी, वरिष्ठ अधिवक्ताहरु शम्भु थापा र रमण श्रेष्ठसहित निर्वाचन आयोगविरुद्ध रिट लिएर गुरुङ सर्वोच्च गएका हुन् ।

गुरुङ रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध उम्मेदवार बनेका थिए । गुरुङसँगै अन्य दुई स्वतन्त्र उम्मेदवारको पनि उम्मेदवारी खारेज भएको छ ।