२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारामा एकै परिवारका तीन जना मृत भेटिए



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौँ । बारामा एकै परिवारका तीन जना मृतावस्थामा भेटिएका छन् । जिल्लाको प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँभन्दा २ किलोमिटर पर उनीहरुको शव भेटिएको प्रहरीले जनाएको छ ।

मृत भेटिनेमा २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी रहेका छन् ।

प्रहरी टोली घटनास्थलमा पुगरे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

दिउँसो साढे २ बजेतिर ढोरा खोला किनारमा तीन जनाको शव फेला परेको जानकारी आएपछि प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहको छ ।