२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापति र पाकिस्तानका राजदूतबीच भेटघाट



अ+ अ-

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच जङ्गी अड्‍डामा भेटघाट भएको छ ।

नेपालका लागि मित्रराष्ट्र पाकिस्तानका राजदूत शाहले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लाग्नुभएको अवसरमा आज सो भेटघाट भएको नेपाली सेनाले जनाएको छ ।

भेटघाटमा प्रधानसेनापति शर्माले राजदूत शाहले पूरा गर्नुभएको सफल कार्यकालका लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना दिनुभएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।