२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापति र पाकिस्तानका राजदूतबीच भेटघाट



अ+ अ-

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच जङ्गी अड्‍डामा भेटघाट भएको छ ।

नेपालका लागि मित्रराष्ट्र पाकिस्तानका राजदूत शाहले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लाग्नुभएको अवसरमा आज सो भेटघाट भएको नेपाली सेनाले जनाएको छ ।

भेटघाटमा प्रधानसेनापति शर्माले राजदूत शाहले पूरा गर्नुभएको सफल कार्यकालका लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना दिनुभएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।