९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

बागलुङमा छ पदका लागि ३९ जनाको उम्मेदवारी

बागलुङमा छ पदका लागि ३९ जनाको उम्मेदवारी
अ अ+ अ-

बलेवा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार दलले उम्मेदवारी दर्ता गरेका छन् ।

आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर दलका नेताहरुले उम्मेदवारी दर्ता गराए । बागलुङको क्षेत्र नं १ बाट सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

मनोनयनपछि केसीले संविधानको रक्षा र राष्ट्रियताको संरक्षणका लागि उम्मेदवारी दर्ता गर्नुपरेको बताउनुभयो । यसअघि पटकपटक एमालेसँगको तालमेलमा निर्वाचन लडेको राजमोले यो पटक कांग्रेस रोजेको हो । केसीले पनि पहिलो पटक कांग्रेसको समर्थनमा निर्वाचन लड्दै हुनुहुन्छ ।

सोही क्षेत्रमा एमालेका निवर्तमान सांसद डा सूर्य पाठक उम्मेदवार बन्नुभएको छ । क्षेत्र नंं १ का लागि राप्रपाका लक्ष्मीप्रसाद सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका लागि खिमानन्द कँडेलले पनि उम्मेदवारी दिनुभएको छ । कांग्रेसका नेता कृष्ण शङ्कर श्रेष्ठ र चन्द्रबहादुर क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं १ को ‘क’ प्रदेशमा कांग्रेसका दीपेन्द्रबहादुर थापा र एमालेका अध्यक्ष हिराबहादुर केसी उम्मेदवार बन्नुभएको छ । थापा कांग्रेसका निर्वतमान सभापति हुनु्हुन्छ । त्यस्तै राप्रपाका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र दीपेन्द्र हमालको स्वतन्त्र उम्मेदवारी परेको छ ।

क्षेत्र नंं १ कै ‘ख’ प्रदेशमा कांग्रेसका डिल्लीराम सुवेदी, एमालेका नवराज पौडेलको उम्मेदवारी परेको छ । यो क्षेत्रमा राप्रपाका गोविन्द सापकोटा र मङ्गोल नेशनल अर्गनाइजेसनका सहवीर थापाले उम्मेदवारी दिनुभएको छ ।

क्षेत्र नंं २ मा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दर्ता गराउनुभयो । यो क्षेत्रमा एमालेकी मञ्जु शर्मा चालिसेले उम्मेदवारी दर्ता गराउनुभएको छ । पौडेल अघिल्लो पटक यो क्षेत्रबाटै निर्वाचित हुनुहुन्थ्यो । राप्रपाका अञ्चल शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्री, मङ्गोल नेशनल अर्गनाइजेसनका गोवर्धन घर्तीमगरले उम्मेदवारी दिनुभएको छ ।

क्षेत्र नं २ को क प्रदेशमा कांग्रेस सभापति जीतबहादुर शेरचन र स्वतन्त्र प्रकाश घर्तीले उम्मेदवारी दर्ता गराउनुभयो । घर्ती एमालेको समर्थनमा लड्ने तयारीमा हुनुहुन्छ । यहाँ राप्रपाका शङ्कर खरेल, स्वतन्त्रबाट भीमलाल पोखरेलको उम्मेदवारी परेको छ । पोखरेल राजमो सचिव हुनुहुन्छ ।

क्षेत्र नंं २ कै ‘ख’ प्रदेशमा कांग्रेसका द्रोण कुँवर र एमालेका लक्ष्मण पुनले उम्मेदवारी दिनुभएको छ । राप्रपाबाट शान्ताकुमारी चन्द, जनता समाजवादी पार्टीबाट गङ्गाबहादुर घर्ती, मंगोल नेशनल अर्गनाइजेसनका तराबहादुर घर्तीले उमेदवारी दिनुभयो । स्वतन्त्रतर्फ दीपक थापा, नरबहादुर गुरुङ, दुर्गादेवी घर्ती, कर्मती पुन र टेकप्रसाद कामीले उम्मेदवारी दिनुभएको हो ।