२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागर ढकालले डडेल्धुराबाट दिए उम्मेदवारी



अ+ अ-

काठमाडौँ । पाँच वर्ष अघि बीबीसीको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले झपारेर चर्चामा आएका गुल्मीका सागर ढकालले प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापतिविरुद्ध उनले उम्मेदवारी दिएका हुन् । डडेल्धुरा प्रधानमन्त्रीको गृहजिल्ला पनि हो । देउवाले अहिलेसम्म सो क्षेत्रबाट पराजित हुनुपरेको छैन ।

ढकालले ट्विट गर्दै डडेल्धुरामा विधिवत्रुपमा उम्मेदवारी दिएको जानकारी गराएका छन् । उनले उग्रतार, घटाल, परशुराम बाबालगायत देवी देवतालाई साक्षी राख्दै डडेल्धुरा र देशवासीलाई‌ नयाँ आशा, विश्वास र विकासका लागि लागि २ दिनको निराहार व्रत बस्ने निर्णय गरेको समेत बताएका छन् ।