२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा महालक्ष्मी डीना र कमल थापाद्वारा उम्मेदवारी दर्ता



अ+ अ-

मकवानपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मकवानपुरबाट विभिन्न राजनीतिक दलले आआफ्नो उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

दिउँसो १ः३० बजेसम्म सत्तारुढ गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डीना), नेकपा (एमाले) को समर्थनमा राप्रपा नेपालका तर्फबाट कमल थापा, राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य दीपकबहादुर सिंह र हाम्रो नेपाली पार्टीका दिपेन्द्र चन्द ठकुरीले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का रन्तप्रसाद प्रजापतिले उम्मेदवारी मनोनयन गराउनुभएको छ । यसैगरी गठबन्धनका तर्फबाट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडाले उम्मेदवारी मनोनयन अपराह्न ३ बजे गराउने कार्यक्रम छ ।

त्यस्तै नेकपा (एमाले)को तर्फबाट क्षेत्र नं २ मा महेशकुमार बर्तौलाले पनि आजै ३ः३० बजे उम्मेदवारी दर्ता गराउनुहुने एमाले मकवानपुरले जनाएको छ । अन्य उम्मेदवारले साँझ ५ बजेभित्रै हेटौँडा उपमहानगरपालिका–२ स्थित निर्वाचन कार्यालय परिसरमा आई मापदण्डअनुसार उम्मेदवारी दर्ता गराउनसक्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत निरौलाले बताउनुभयो । मकवानपुरमा तीन लाख सात सय ३३ मतदाता छन् भने तीन सय ६४ मतदान केन्द्र तोकिएको छ ।