२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा उम्मेदवार मनोनयनको तयारी पूरा



अ+ अ-

महेन्द्रनगर । सुदूरपश्चिमका नौ वटै जिल्लामा आज हुने प्रतिनिधि र प्रदेशसभाको उम्मेदवार मनोनयन दर्ताको सबै तयारी पूरा भएको छ ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टले यहाँका १६ वटै प्रतिनिधि र ३२ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको तयारी पूरा भएको जानकारी दिनुभयो ।

“अहिलेसम्म निर्वाचन अधिकृतको कार्यालय मनोनयन दर्ताका लागि आएका छैनन् ।” उहाँले भन्नुभयो–“ निर्वाचन कार्यालय तयारी अवस्थामा छन् ।”

सुदूरपश्चिमको डडेल्धुराबाट प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मनोनयन दर्ता हुनेछ । आगामी मङ्सिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार मतदाताले मतदान गर्ने पाउनेछन् ।

प्रदेश निर्वाचन कार्यालय अनुसार सबैभन्दा बढी मतदाता कैलालीमा पाँच लाख पाँच सय १४ जना रहेका छन् । कैलालीमा प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका दश वटा निर्वाचन क्षेत्र छन् ।

त्यसैगरी कञ्चनपुरमा तीन लाख दुई हजार पाँच सय नौ जना, डडेल्धुरामा ९१ हजार २०१, एक लाख ५० हजार एक सय ५६ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै सुदूरपश्चिमको अर्को पहाडी जिल्ला दार्चुलामा ८९ हजार एक सय ५४, डोटीमा एक लाख २४ हजार आठ सय ७०, बझाङमा एक लाख २२ हजार तीन सय ७६ मतदाता रहेका छन् । यहाँको अछाम जिल्लामा एक लाख ५८ हजार ६ सय ५७ मतदाता छन् ।

मनोनयन दर्ताका लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडू दार्चुला पुगिसक्नु भएको छ । त्यसैगरी पूर्वमन्त्री तथा विभिन्न पार्टीका केन्द्रीय नेताहरु मनोनयनका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने क्रम जारी रहेको छ