९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

देउवानिकट नेता किरण पौडेलले त्यागे कांग्रेस -राजिनामा पत्र सहित

देउवानिकट नेता किरण पौडेलले त्यागे कांग्रेस -राजिनामा पत्र सहित
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट निवर्तमान केन्द्रीय सदस्य किरण पौडेलले पार्टी परित्याग गरेका छन् ।

संसदीय निर्वाचनमा आफूलाई बन्चित गरिएको भन्दै उनले पार्टी परित्याग गरेका हुन् । नेविसंघका पूर्वमहामन्त्रीसमेत रहेका नेता पौडेलले मुलुकभरका सिट बाँडफाँटमा असहमति जनाउँदै आएका थिए ।

पार्टी सभापति देउवालाई सम्बोधन गर्दै उनले दिएको राजीनामा नेविसंघबाट आएका सार्थीहरुलाई तेजोबध गरिएको उल्लेख गरेका छन् ।

बागलुङ १ बाट सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीलाई उम्मेदवार बनाइएपछि उनले पार्टी परित्याग गरेको बताइएको छ । सो क्षेत्रबाट नेकपा (एमाले) ले सूर्य पाठकलाई उम्मेदवार बनाएको छ ।

सभापति देउवालाई सम्बोधन गर्दै दिएको राजीनामाको पूर्ण पाठ

श्रीमान सभापति ज्यु,
नेपाली काँग्रेस, केन्द्रीय समिति
मार्फ़तस् मुख्यसचिब ज्यु,
नेपाली काँग्रेस,केन्द्रीय कार्यालय,
सानेपा,ललितपुर

बिषय: राजिनामा दिएको बारे।

नेपाली कांग्रेस पार्टीले उम्मेदवार सिफारिस र छनौट गर्दा अपनाएको सिद्धान्त,विधी, पद्धति र प्रक्रियाको कुनै पनि मापदण्डमा मेरो नाम अटाउन सकेन। मैले संसदीय राजनीतिको अभ्यास गर्ने स्थान खोजेको र अन्तिम अबस्थामा बाहिरिन पुगेको यो तेश्रो पटक हो।

यस पटक न्यायोचित निर्णय आऊने आशामा थिए,आएन। नेबिसंघको राजनीतिक पृष्ठभूमि बाट संलग्न हुँदै कांग्रेस पार्टी संगठनको हितका लागी जीवन समर्पण गरेका म जस्ता साथीहरूलाई तेजोबध गरिएको महसूस भएको छ। निश्चित व्यक्तिहरुको मात्रै गोटी बनेका हरू मात्रै योग्य हुने परिपाटी आफुलाई सदैव अस्वीकार्य छ र रहने छ। मैले आज नेपाली कांग्रेस पार्टीको सदस्य समेत नरहने गरी पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब मार्फ़त हजुर श्री शेर बहादुर देउवा समक्ष राजिनामा पेश गरेको छु।

म २०३५र३६ सालको बिध्यार्थी आन्दोलनमा सक्रिय भएको बेला देखि हाल सम्म ४४ बर्ष निरन्तर इमान्दारीता पूर्वक पार्टीको आमन्त्रित केन्द्रीय सदस्य सम्म भई काम गरें। नेपाली कांग्रेस पार्टीको विभिन्न तह र स्थानमा पुर्र्याउनु हुने र ४४ बर्ष सम्म अनबरत साथ दिनुहुने सम्पूर्ण पार्टी पङती लाई हार्दिक धन्यवाद दिन चाहान्छु। जयनेपाल !

किरण पौडेल
निबर्तमान आमन्त्रित केन्द्रीय सदस्य
नेपाली काँग्रेस,केन्द्रीय समिति
मितिस्२०७९/०६/२३