५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

निजी क्षेत्रलाई विद्युत् व्यापारमा अनुमति दिन अध्यादेश ल्याउँदै सरकार

निजी क्षेत्रलाई विद्युत् व्यापारमा अनुमति दिन अध्यादेश ल्याउँदै सरकार
अ+ अ-

काठमाडौँ । सरकारले विद्युत् व्यापारलाई थप मार्ग प्रशस्त गर्ने लक्ष्यका साथ विद्युत् ऐन, २०४९ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने तयारी गरेको छ । विद्युत् ऐन, २०४९ मा विद्युत् व्यापारसम्बन्धी प्रावधान थिएन । सोही प्रावधान नभएका कारणले गर्दा सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन सकेको थिएन ।

निजी क्षेत्रसमेतलाई विद्युत् व्यापारमा सहभागी गराउने लक्ष्यका साथ सरकारले सो ऐनलाई संशोधन गर्ने उपयुक्त उपायको रुपमा अध्यादेश जारी गर्न लागेको हो । अध्यादेश राष्ट्रपति कार्यालयमा पुगीसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार निजी क्षेत्रको मागलाई सम्बोधन गर्दै ऊर्जा व्यापारको मार्ग प्रशस्त गर्ने लक्ष्यका साथ अध्यादेश जारी लागिएको हो ।

निजी क्षेत्रले लामो समयदेखि विद्युत् व्यापारको अनुमति दिन सरकारसँग माग गर्दै आएको छ । नेपालमा व्यवसायी र भारतीय व्यवसायीबीचमा साझा सहमति बनाएर विद्युत् व्यापारको मार्ग प्रशस्त गर्न सकिने अवस्था रहेको छ ।

हाल नेपाल विद्युत् प्राधिकरणले दैनिक तीन सय ६४ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ । चाडपर्वको समयमा उद्याग प्रतिष्ठान समेत कम चल्ने र पूर्णक्षमता बिजुली उत्पादन भइरहेकाले पनि थप बिजुली निर्यातका लागि मार्ग प्रशस्त गर्नुपर्ने आवश्यकता झनै बढेर गएको छ ।

हाल वर्षातको समयमा समेत जारी रहेकाले दैनिक दुई हजार दुई सय मेगावाट बिजुली उत्पादन भइरहेको छ । सो बिजुलीमध्ये देशभित्र एक हजार सात सय मेगावाट मात्रै खपत भइरहेको छ । औसतमा तीन सय मेगावाटको हाराहारीमा मात्रै बिजुली निर्यात भइरहँदा पनि बाँकी रहेको दुई सय मेगावाट बिजुली खेर जाने अवस्था छ ।

ठूलो मात्रामा बिजुली खेर जाँदा त्यसले मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने अवस्था छ भने ऊर्जा क्षेत्रका लगानीकर्तालाई समेत मार पर्ने कुरा स्वभाविक रहेकाले अध्यादेशमार्फत नै भए पनि विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउन खोजिएको ऊर्जा मन्त्रालयको भनाइ छ ।

निजी क्षेत्रले बिजुली व्यापारका लागि कम्पनी नै स्थापना गरेर प्रक्रिया अगाडि बढाएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल ९इपान०का अधिकारीले नेपेक्स नामक कम्पनी स्थापना गरेर बिजुली व्यापारको अनुमति दिन सरकारसँग धेरै लामो समयदेखि माग गर्दै आएका थिए । नेपाल पूर्वाधार बैङ्क सम्बद्ध संस्थाले पनि व्यापारका लागि अनुमति माग गरेको छ ।

नेपालभित्र उत्पादन भइरहेको बिजुली नेपालभित्र खपत हुन नसकी केही विद्युत् खेर गइरहेको तथा जलविद्युत्को उत्पादन वार्षिकरुपमा आठसय मेगावाटको दरले बढ्दै गइरहेकाले थप उत्पादन हुने बिजुलीको उचित व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाइएको ऊर्जा मन्त्रालयको भनाइ छ । बिजुली खेर जाने अवस्थामा नेपाल विद्युत् प्राधिकरणले ‘टके अर पे’को माध्यमबाट गरेको विद्युत् खरिद बिक्री सम्झौताका कारण घाटामा जान सक्ने अवस्था पनि उत्तिकै छ । देशभित्रै बिजुली खपतको वातावरण बनाउँदै बढी हुने बिजुली निर्यात गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर उपयुक्त कदम चाल्नु आजको प्रमुख आवश्यकता रहेको सरकारको बुझाइ छ ।

नेपाल र भारतबीच सन् २०१४ मा विद्युत् व्यापार गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल र बंगलादेशबीच पनि सन् २०१८ मा ऊर्जा सहकार्यका लागि समझदारीमा हस्ताक्षर भएको छ । उक्त सम्झौता र समझदारीलाई कार्यान्वयन गर्न पनि कानूनी व्यवस्था गर्नु आवश्यक रहेको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ ।

नेपाल, भारत र बङ्गलादेश सरकारको ऊर्जा सचिवस्तरीय वार्तासमेत भई विद्युत् आयात निर्यात गर्ने सम्बन्धमा सहमतिसमेत भइसकेको छ । विद्युत् निर्यातका लागि अन्तरदेशीय प्रसारण लाइनको निर्माण पनि शुरु भएको छ । दोस्रो अन्तरदेशीय प्रसारण लाइनको रुपमा न्यू बुटवल गोरखपुर प्रसारण लाइन चार सय केभी क्षमतामा निर्माण हुँदैछ । त्यसको सबै प्रक्रिया शुरु भइसकेको छ ।

निजी क्षेत्रबाट हाल करिब २२ हजार मेगावाट क्षमताको विद्युत् आयोजना अध्ययन एवम् निर्माणको लागि अनुमति दिइसकेको छ । आन्तरिक खपतको वार्षिक वृद्धिदर करिब १८ प्रतिशत बराबर छ ।

सबै आयोजनाबाट उत्पादित बिजुली देशभित्र उपयोग गर्न नसकिने भएकाले छिमेकी देशमा व्यापारका लागि निजी क्षेत्रलाई सहभागी गराउनै पर्ने बाध्यकारी अवस्थाको सिर्जना भएको ऊर्जा मन्त्रालयको भनाइ छ । जलविद्युत् विकास नीति, २०५८ मा विद्युत् व्यापारका लागि अनुमतिपत्र दिने व्यवस्था गरिने भनिए पनि सो बमोजिम हालसम्म कानुनी व्यवस्था हुन सकेको छैन ।

विद्युत् व्यापार तथा अन्तरदेशीय विद्युत् व्यापारको लागि कार्यविधि तथा निर्देशिका तयार गरी सहमतिको लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठायएको कानून तर्जुमा नभई कार्यविधि तथा निर्देशिका बनाउन नमिल्ने राय प्राप्त भएको तथ्यसमेतको मन्त्रालयले स्मरण गरेको छ ।

ऊर्जामन्त्री पम्फा भुसालले सङ्घीय संसद्को राष्ट्रियसभामा विद्युत् ऐन पेश गर्नुभएको थियो । छलफलको प्रक्रिया अगाडि बढे पनि पछिल्ला दिनमा समय अभावका कारण सो विधेयक पारित हुन नसक्ने अवस्था आएपछि ऊर्जामन्त्री भुसालले सो विधेयक फिर्ता लिनुभएको थियो । सोही विधेयकलाई नै अध्यादेशका रुपमा ल्याउन लागिएको हो । रमेश लम्साल/रासस