६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने
अ+ अ-

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने भएको छ ।

अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलवार आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताउनु भयो । उहाँले नवौं राष्ट्रिय खेलकुदको लागि सोमवारसम्म करिव ५५ सय खेलाडीहरु दर्ता भएको जानकारी दिनुभयो । उहाँले नेपाल आर्मी र सुदूरपश्चिमले आफ्ना शतप्रतिशत खेलाडीको दर्ता गरिसकेका र अन्य प्रदेशका भने केही खेलाडीहरु ड्राफ्टमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नवौं राष्ट्रिय खेलकुदको लागि हिजोसम्म आइपुग्दा करिव ५५ सय खेलाडीहरु दर्ता हुनुभएको छ । नेपाल आर्मी र सुदूरपश्चिमले आफ्ना शतप्रतिशत खेलाडीको दर्ता गरिसकेका छन् भने केही खेलाडीको हकमा अझै केही संख्या ड्राफ्टमा रहेको छ । अब समय थप्ने कुरा छैन । कुनैपनि स्पष्ट कारण खुलाएर सहभागी टिमले भन्नुभयो भने हामी निश्चित समय र निश्चित प्रदेशका लागि खोल्नेछौँ ।’

पोखरा स्थित पोखरा रंगशालामा उद्घाटन असोज २८ गते शुक्रवार हुनेछन् । यस्तै नवौंको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक ३ गते बिहीवार गर्ने तालिका रहेको छ । सात दिनसम्म चल्ने प्रतियोगितामा पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता भने काठमाडौंमा सम्पन्न भइसकेको छ । ११ टोलीले सहभागिता जनाएको प्रतियोगिताको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लवले अर्को विभागीय टोली त्रिभूवन आर्मी क्लवलाई हराउँदै नवौंको पहिलो स्वर्ण पटक हात पारिसकेको छ । यस्तै मंगलवार नै आयोजित अन्तरक्रिया कार्यक्रममा नवौंमा सहभागि हुन लागेका खेल संघलाई आयोजक राखेपले २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा समेत गरेको छ । नगद दुई लाख बाहेक अन्य सुविधा भने नदिने जानकारी दिएको छ । ३५ दिन भित्र पेश्की फस्र्यौट गर्न पनि ताकेता गरेको छ ।

२०७५ सालमा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदपछि कोडिभ १९ महामारीका कारण नवौं समयमा हुन सकेको थिएन । हरेक दुई–दुई वर्षमा आयोजना हुने तालिका भएपनि कोभिड–१९ का कारण नवौं राष्ट्रिय खेलकुद पछि धकेलिएको हो । ३६ खेल समावेश भएको प्रतियोगितामा सात प्रदेश, त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एपीएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउँदै छन् ।

यसै संस्करणबाट राखेपले रनिङ ट्रफी पनि बनाएको छ । हाल ट्रफी भ्रमणमा रहेको छ । ट्रफी नवौं राष्ट्रिय खेलकुदमा सहभागी सातै प्रदेश, तीन विभागीय टोली र एनआरएनएमा परिक्रमा गराइँदैछ । ओलम्पियन तेक्वान्दो खेलाडी दीपक बिष्टको संयोजकत्वमा रहेको कार्यदलले ट्रफी टुर गराउँदै छन् । उक्त कार्यदलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग स्वर्ण पदकधारी दीपक श्रेष्ठ, क्रिकेटका पूर्वकप्तान पारस खड्का, अल्ट्रा धावक मिरा राई र राष्ट्रिय खेल भलिबलकी कप्तान अरुणा शाही छन् ।

नवौंका प्रतिष्पर्धा गण्डकी प्रदेशको ११ वटै जिल्ला गरिने भनिए पनि सात जिल्लामा मात्र खेलाइने भएको छ । सार्वजनिक खेलतालिकाअनुसार पोखरामा मात्र २६ वटा खेलका प्रतिष्पर्धा हुने भएका छन् । गण्डकीका कुल ११ जिल्लामध्ये तनहुँ, लमजुङ, मुस्ताङ र मनाङमा नवौंका कुनैपनि खेल नहुने भएका छन् ।