५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र अष्ट्रेलिया भिड्दै, दुबै टोली सिरिज जित्ने दाउमा



अ+ अ-

एजेन्सी । भारत र अष्ट्रेलियाबीचको तीन टी–२० सिरिजको अन्तिम तथा निर्णायक खेल आज हुँदैछ । हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा यी दुई टिमबीचको खेल नेपाली समयानुसार साँझ ७ः१५ बजे हुनेछ ।

सिरिजको पहिलो खेल अस्ट्रेलियाले जितेको थियो भने दोस्रो खेल भारतले जितेको थियो । शृंखला १–१ को बराबरीमा छ । यस्तो अवस्थामा दुवै टोली यो खेल जितेर सिरिज आफ्नो पोल्टामा पार्न चाहन्छन् ।

हैदरावादको पिच सुस्त हुन थाल्छ । यहाँ टस जितेर पहिले बलिङ गर्ने निर्णय गलत सावित हुन सक्छ । यस पिचमा पहिले ब्याटिङ गर्ने टोलीको औसत स्कोर १५० देखि १७० रनको बीचमा छ । आईपीएलमा धेरै पटक यसभन्दा पनि कम रन बनेको छ, जसलाई ब्याटिङ टोलीले पछ्याउन सकेको छैन ।

हैदराबादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा दुई टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको थियो । जसमध्ये भारतले एक खेल जितेको छ । यस्तै एक खेल वर्षाका कारण रद्द भएको छ । सन् २०१७ मा अष्ट्रेलिया एक पटक टी–२० खेल्न यहाँ आएको थियो तर सो खेल रद्द भएको थियो ।

भारतको सम्भावित ११ः
रोहित शर्मा (कप्तान), केएल राहुल, विराट कोहली, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, दिनेश कार्तिक, अक्षर पटेल, हर्षल पटेल, भुवनेश्वर कुमार, जसप्रित बुमराह, युजवेन्द्र चहल ।

अष्ट्रेलियाको सम्भावित ११ः
आरोन फिन्च (कप्तान), क्यामरन ग्रीन, स्टीभ स्मिथ, ग्लेन म्याक्सवेल, शन एबोट, म्याथ्यू वेड, टिम डेभिड, डेनियल साम्स, एडम जाम्पा, प्याट कमिन्स, जोस हेजलवुड ।




भर्खरै