२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानुनविद्हरुसँग छलफल गर्दै सत्ता गठबन्धन



अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि अब के गर्ने भन्नेबारेमा कानुनविद्हरुसँग छलफल गर्ने भएका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले राष्ट्रपतिले संवैधानिक व्यवस्था उल्लंघन गरेर संघीय संसदको घोर अपमान र अवमूल्यन भएको निष्कर्ष निकाल्दै कानुनविद्हरुसँग छलफल गर्न लागेका हुन् ।

बैठकमा गठबन्धनबीच अबको कदमबारे दुई विकल्पमा छलफल भएको स्रोतको दाबी छ । पहिलो विकल्पको रुपमा राष्ट्रपतिले संविधानले तोकेको सीमाभित्र विधेयक प्रमाणीकरण नगरेपछि स्वतः प्रमाणीकरण भएको मानिने भएकाले राजपत्रमा विधेयक प्रकाशित गर्ने भन्ने छ । त्यस्तै, दोस्रो विकल्प भने संवैधानिक दायित्व पूरा नगरेकाले राष्ट्रपतिको कदमबारे सर्वोच्च अदालतमा रिट लिएर जाने भन्ने छ ।

यही विकल्पहरुबारे छलफल गर्नको लागि सत्तारुढ दलहरुले कानुनविद्हरुलाई अपराह्न ३ बजे बालुवाटारमा बोलाएका छन् ।कानुनविद्हरुको सुझावका आधारमा गठबन्धनले कसरी अघि बढ्ने भन्नेबारेमा निर्णय गर्ने बुझिएको छ ।