१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

दसैँअघि नै सहज बनाइँदै बागलुङका ग्रामीण सडक

दसैँअघि नै सहज बनाइँदै बागलुङका ग्रामीण सडक
अ अ+ अ-

बलेवा । चाडपर्व नजिकिएपछि अधिकांश स्थानीय तहले वर्षाका कारण बिग्रिएका सडक मर्मतको काम थालेका छन् । वर्षाका समयमा बाढी र पहिराका कारण बिग्रिएर सवारी सञ्चालनमा समस्या देखिएपछि स्थानीय तहले दसैँ अगाडि नै सडक मर्मतको काम पूरा गर्नेगरी मर्मत थालेका हुन् ।

जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिने मुख्य सडक र पालिकामुकाम जोड्ने स्थानीय सडकको मर्मतको काम थालिएको जैमिनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेम आचार्यले बताउनुभयो । “दसैँमा नगरवासीलाई सहज सडकमार्फत ओहोरदोहोर गर्ने वातावरण बनाउन नगर प्रमुखकको निर्देशन थियो”, उहाँले भन्नुभयो, “हामीले सबै वडामा काम थालेका छौँ, मजदुर र स्काभेटरको प्रयोग गरेर सडक मर्मतको काम भइरहेको छ ।”

जैमिनीले बागलुङ–कुश्मीशेरा सडकको कुश्मीशेरा सरङ्गे खण्ड मर्मतको काम सकिएको छ । सबै वडामा वडाध्यक्षको सक्रियतामा सडक मर्मतको काम भइरहेको उहाँले बताउनुभयो । अर्को बर्खा नलाग्ने बेलासम्मका लागि सडक सहज हुनेगरी मर्मत गरिएको जनाइएको छ ।

मुख्य चाडबाड नजिकै आइरहेका बेला ओहोरदोहोर गर्न सवारीमा यात्रुको चाप बढ्ने र त्यो बेलामा सडकको अवस्था राम्रो नभएमा दुर्घटनाको डर हुने भएकाले मर्मत गर्नुपरेको प्रशासकीय अधिकृत आचार्यले जानकारी दिनुभयो । सवारी नै नचल्ने र चले पनि दुर्घटनाको जोखिम बढी हुने भएकाले नगरपालिकाले दसैँअगावै सडकलाई सञ्चालनमा ल्याउन लागिएको बताएको छ ।

बरेङ गाउँपालिकाले पनि दशैँ लक्षित सडक मर्मतको काम थालेको छ । हरेक वर्ष वर्षा सकिएसँगै स्थानीय सडकको मर्मत गर्दै आएको गाउँपालिकाले यस वर्ष पनि मर्मतको काम थालेको हो । “खहरे खोलाले खोलका ठाउँमा सवारी चल्नै नसक्ने अवस्था छ, कच्ची सडक भलबाढीले क्षत्विच्छेद बनाएको छ”, गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्नुभयो, “चाडबाडका बेला नागरिकलाई सहजताका लागि सडक मर्मतको काम थालेका छौँ ।”

काठेखोला गाउँपालिकाले हरेक वडालाई दुई लाख रुपैयाँ बजेट दिएर सडक मर्मत गर्न लगाएको छ । वडाले नै परिचलान गरेर मर्मत भएको सडक संरक्षण हुने भन्दै गाउँपालिकाले अधिकार प्रत्योजन गरेको हो । “चाडबाड आए भनेर सडक मर्मतको काम भइरहेको छ, तर वर्षा रोकिएको छैन”, गाउँपालिका अध्यक्ष राजु थापाले भन्नुभयो, “दिनभर सडक बनाउने, रातभर पानीले बगाउने भइरहेको छ ।”

बुर्तिबाङ–बोङ्गादोभान सडक खण्ड
तस्बिर: डम्मर बुढा मगर/रासस

बागलुङ नगरपालिकाले बागलुङ बजार क्षेत्रभन्दा बाहिरका वडामा सडक मर्मतको काम थालेको छ । नगरपालिकासँग जोडिएका, अन्तर वडामा विस्तार गरिएका तथा सदरमुकामसँग जोडिएका धेरै सडक कच्ची नै रहेका कारण वर्षाले हरेक वर्ष सडकमा क्षति हुने गरेको छ ।

यस वर्ष नगरपालिकाभित्रका विभिन्न ठाउँका सडकको अवस्था सुधार गर्नुपर्ने भनी नागरिकबाटसमेत माग आएकाले सडकलाई दसैँ अगाडि नै सहज बनाउने तयारीमा आफूहरू रहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

बागलुङ नगरपालिका–१० दवल्याङमा रहेको पहिरामा सडक खुलाउने विषयमा समेत नगरपालिका लागिरहेको उपप्रमुख राजु खड्का बताउनुहुन्छ । गत वर्ष खसेको पहिरो नरोकिँदा वर्षाभरि नै बागलुङ कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरको बागलुङ–बलेवा खण्ड अवरुद्ध हुने गरेको छ । रासस