२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहाली टी२०: भारतमाथि अस्ट्रेलियाको शानदार जित



अ+ अ-

भारतको मोहालीमा मंगलबार साँझ भएको भारत र अस्ट्रेलियाबीचको पहिलो टी२० क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाले शानदार जित हासिल गरेको छ ।

भारतले प्रस्तुत गरेको २०९ रनको चुनौतीपूर्ण लक्ष्य अस्ट्रेलियाले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेको थियो । अस्ट्रेलियाको जितमा म्याथ्यु वेड र क्यामरुन ग्रिनको महत्वपूर्ण योगदान रहेको थियो । वेडले २१ बल खेल्दै ४५ रन बनाएका थिए । ग्रिनले ३० बलको सामना गरी ६१ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले पनि हार्दिक पान्ड्याको ७१, के एल राहुलको ५५ र सूर्यकुमार यादवको ४६ रनको मद्दतले २०८ रन बनाएको थियो । पान्ड्याले ३० बलको सामना गरी ७१ रन बनाएका थिए जसमा ५ छक्का र सात चौका सामेल थिए ।

यी दुई बीच दोस्रो टी२० खेल आगामी शुक्रबार तथा अन्तिम टी२० आगामी आइतबार हुनेछ ।

टी२० विश्वकप अघि यी दुई बीचको खेल अभ्यासका रुपमा निकै महत्वपूर्ण मानिएको छ ।