१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

तनहुँ १ रामचन्द्रजीलाई छाड्छुः कृष्णकुमार श्रेष्ठ

तनहुँ १ रामचन्द्रजीलाई छाड्छुः कृष्णकुमार श्रेष्ठ
file photo
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नं. १ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छोडिदिने बताउनुभएको छ ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं.१ बाट निर्वाचित सांसदसमेत रहनुभएका नेता श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सो क्षेत्र नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेललाई छोडिदिने बताउनुभएको हो । सोमवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले गठबन्धनमा भागबन्डा मिलाउनुपर्ने कारणले गर्दा सो क्षेत्र आफुले छोड्न परेको बताउनु भयो ।

उहाँले आफू बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने पनि बताउनु भयो । नेता श्रेष्ठले तनहुँ क्षेत्र नम्बर १ का जनताले आफूलाई नै खोजेको भएपनि आफ्नो कारणले गठबन्धन नभत्कियोस् भन्नाका लागि क्षेत्र छोड्न तयार भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘म तनहुँ जिल्ला १ नम्बर क्षेत्रको निर्वाचित माननीय । तर अहिले गठबन्धनको कारणले, गठबन्धन र मेरो पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीको कारणले, गठबन्धनमा मिलाउनुपर्ने । जसलाई मैले २०७४ साल मंसिर २१ गते पराजित गरेको थिएँ, नेपाली काँग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेललाई ।

अब उहाँलाई नै छोडेर सायद पार्टीले मलाई उपयुक्त ठाउँमा अहिलेसम्म कुरा हुँदा मधेस प्रदेशको बारा ४ नम्बर क्षेत्रमा चुनाव लड्नुपर्ला कि भनेर आदरणिय गठबन्धनका नेताहरुले भन्नुभएको छ । मधेस प्रदेश मात्रै नभइकन सिंगो पार्टीको आदरणिय नेता नागेन्द्र चौधरी यहीँ हुनुहुन्छ । अब उहाँकै नेतृत्वमा, हाम्रो पार्टीको सचिव हुनुहुन्छ ।

उहाँकै नेतृत्वमा, उहाँकै छत्रछायाँमा अब सायद अहिले पनि म नेताहरुलाई अनुरोध गर्न चाहन्छु, यदी सम्भव छ भने तनहुँ जिल्ला १ नम्बर क्षेत्रको जनताले अहिले पनि नेकपा (एकीकृत समाजवादी) लाई खोजेको छ । मलाई खोजेको छ ।

अब होइन यही कारणले तनहुँ १ नम्बर क्षेत्रकै कारणले मात्रै गठबन्धन नै भत्किन्छ या एकदमै ठूलो समस्या आउँछ भने म एउटा पार्टीको इमान्दार सिपाही हुँ । पार्टीले गरेको निर्देशन, पार्टीले गरेको निर्णय, पार्टीले भनेको मान्ने एउटा इमान्दार सिपाही भएको कारणले गर्दाखेरी मैले नेताहरुलाई अप्ठ्यारो नपार्ने गरी तपाईहरुले उपयुक्त ठाउँमा मलाई खटाउनुस् ।’

नेता श्रेष्ठले देशको जुनसुकै निर्वाचन क्षेत्रमा पार्टीले टिकट दिएपनि निर्वाचन जित्ने आँट र शाहस लिएर अगाडी बढेको बताउनु भयो ।