१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

दलहरुले समानुपातिक तर्फको उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाए

दलहरुले समानुपातिक तर्फको उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाए
अ अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरुले समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाएका छन् ।

सोमवार निर्वाचन आयोगमा पुगेर मुख्य राजनीतिक दलसहितका अन्य दलहरुले आगामी निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारहरुको बन्दसूची बुझाएका हुन् । आयोगले आईतवार र सोमवार गरी दुई दिन समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाउन समय दिएको थियो । सोही समयावधि भित्र राजनीतिक दलहरुले आफ्ना आफ्ना उम्मेदवारहरुको बन्दसूची आयोगमा पेस गरेका छन् ।

सत्तारुढ प्रमुख दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले लगायतका दलहरुले समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाएका हुन् । उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाएपछि सञ्चारकर्मीहरुसँग बोल्दै नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समानुपातिक बन्दसूचीमा नेपाली काँग्रेस कार्यसमितिबाट पनि कतिपय सदस्यहरु रहेको बताउनु भयो ।

उहाँले नेपाली काँग्रेस उत्साहका साथ निर्वाचनमा होमिएको उल्लेख गर्दै जनताले नेपाली काँग्रेसलाई बहुमत लक्षित दलको रुपमा भोट दिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संघमा समानुपातिकतर्फ ११० जनाको र सातै प्रदेशको सूची नेपाली काँग्रेस संसदीय बोर्डले गरेको निर्णय र संसदीय बोर्डको निर्णय र त्यसलाई आज बसेको केन्द्रिय समितिको बैठकले अनुमोदन गरेर बुझाएका छौँ ।

आजबाट संविधानले परिकल्पना गरेबमोजिम लोकतान्त्रिक प्रक्रियाको महान अभ्यास शुरु भएको छ । यो बेलामा प्रतिष्पर्धामा त हामी गइरहेका नै छौँ । यो अवसरलाई उपयोग गरेर, लोकतान्त्रिक हक, अधिकारको उपयोग गरेर देशको सन्दर्भमा आफ्नो दृष्टिकोण, अभिमत जाहेर गर्न अपिल गरिरहेका छौँ ।

नेपाली जनताले मत दिएर नेपाली काँग्रेसलाई बहुमत लक्षित दलको रुपमा सबैभन्दा ठूलो आकारमा हाम्रो पार्टीलाई विजयी गराउँदै हुनुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ । आचारसंहीतालाई पूर्ण कार्यान्वयन गरेर सबै निर्वाचनमा होमिनुपर्छ । बन्दसूचीमा नेपाली काँग्रेस कार्यसमितिबाट पनि कतिपय हुनुहुन्छ । प्रदेश कार्यसमितिका पनि हुनुहुन्छ । उत्साहका साथ नेपाली काँग्रेस निर्वाचनमा होमिएको छ ।’

त्यस्तै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट नेपाल समाजवादी पार्टी डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीलाई ५ सिटसहित प्रतिनिधिमा समानुपातिक तर्फ ११० उम्मेदवारहरुको सूची बुझाएको बताउनु भयो ।

उहाँले विगतमा समानुपातिक प्रदेश वा संघबाट समानुपातिक भइसकेका, राष्ट्रिय सभामा एक कार्यकाल बसिसकेका, पहिलो र दोस्रो संविधान सभामा मनोनिततर्फ प्रतिनिधित्व गरिसकेका र स्थानीय तहमा निर्वाचित एवं निर्वाचनमा हारेकाहरुलाई बन्दसूचीमा नराखेको बताउनु भयो । उहाँले पार्टीले विशेष जोड युवाहरुलाई दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट नेपाल समाजवादी पार्टी डा. बाबुराम भट्टराईको साझा प्रतिनिधि सभातर्फ ११० जनाको प्रदेश सभातर्फ २२० जनाको सूची पेस गरिएको छ । त्यसमा बाबुराम भट्टराईजीको नेतृत्वको ५ जना र १०५ जना (माओवादी केन्द्र) को गरेर ११० जनाको सूची प्रश्तुत गरेका छौँ ।

विगतमा समानुपातिक प्रदेश वा संघबाट समानुपातिक भइसकेका साथीहरुलाई यसमा राखेका छैनौँ । राष्ट्रिय सभामा एक कार्यकाल बसिसकेका साथीहरुलाई पनि राखेका छैनौँ । पहिलो र दोस्रो संविधान सभामा मनोनिततर्फ प्रतिनिधित्व गरिसक्नुभएका साथीहरुलाई पनि यसमा राखेका छैनौँ । स्थानीय तहमा निर्वाचित भएका वा निर्वाचन हारेकालाई पनि यो सूचीमा राखेका छैनौँ । हाम्रो पार्टीले उमेरगत,युवाहरुलाई विशेष जोड दिएको छ ।’

त्यस्तै बन्दसूची बुझाएपछि बोल्दै नेकपा एमालेका नेता निरज आचार्यले विगतका समानुपातिक सूचीमा रहेकाहरुलाई नदोहो¥याएको बताउनु भयो । उहाँले समानुपातिक सूचीमा कोहीपनि पुराना नेताहरु नरहेको उल्लेख गर्दै सबै नयाँ अनुहार रहेको बताउनु भयो ।

त्यस्तै राप्रपा नेपालका महामन्त्री सुशील श्रेष्ठले ११० वटै बन्दसूचीका नाम पेस गरेको बताउनु भयो । उहाँले केन्द्रिय पदाधिकारीहरु सबै प्रत्यक्षमा चुनाव लड्ने बताउनु भयो ।

प्रतिनिधिसभामा समानुपातिक पद्धतिबाट ११० जना र ७ वटा प्रदेशसभामा २२० जना उम्मेदवार हुनेछन् । समानुपातिक पद्धतिमा मतदाताहरुले राजनीतिक दललाई मत दिनेछन् । राजनीतिक दलले पाएको मतको आधारमा बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट सांसद निर्वाचित हुन्छन् ।