१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

गरिबी निवारण गर्ने आफ्नो पार्टीको चाहना: अध्यक्ष नेपाल

गरिबी निवारण गर्ने आफ्नो पार्टीको चाहना: अध्यक्ष नेपाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा गरिबी निवारण गर्ने आफ्नो पार्टीको चाहना भएको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीको चाहना नेपालबाट गरिबी निवारण गर्नु भएको बताउनुभएको हो । उहाँले समाजमा रहेका विकृति र विसंगतिहरुलाई पनि अन्त्य गर्ने आफूहरुको चाहना रहेको बताउनु भयो । उहाँले पार्टीको ध्यान देशको शिक्षा, स्वास्थ्य र सीप विकासमा केन्द्रित रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपालले कार्यकर्ताहरुलाई त्याग, सर्मपण र समाज रुपान्तरणको भावनाले राजनीतिमा लाग्न आग्रह पनि गर्नुभयो । जनताको मुहार उज्यालो बनाउने आफूहरुको लक्ष्य भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘यहाँका कार्यकर्ताहरु त्यागको भावनाले, समर्पणको भावनाले, देश, जनता र समाजलाई रुपान्तरण गर्ने सोचका साथ अघि बढ्न चाहन्छ । हामी गरिबी निवारण गर्न चाहन्छौँ । हामी चाहन्छौँ समाजमा रहेका जति छन् विकृति, विसंगति सबैलाई अन्त्य गर्न चाहन्छौँ ।’

‘गरिबी, अभाव र बेरोजगारीलाई समाप्त पार्न चाहन्छौँ । जनताको मुहारमा उज्यालो बनाउन चाहन्छौँ । त्यसको निम्ति हामी देशको साधन, स्रोतको अधिकतम सदुपयोग गर्न चाहन्छौँ । जिल्ला, प्रदेश, पालिका विशेष विशेषताको आधारमा के गर्दाखेरी धेरैभन्दा धेरै जनताको भलो हुन सक्दछ ? हाम्रा सबै बालबालिका कसरी पढाई, लेखाईमा अगाडी बढ्न सक्दछन् ? सबैको स्वास्थ्यको राम्रो कसरी सुनिश्चितता गर्न सकिन्छ, सीप विकासलाई प्राथमिकता दिन कसरी सकिन्छ ?यिनै कुराहरु हाम्रो ध्यानमा रहेका छन् । हाम्रो ध्यानमा जनता, समाज र देश मात्र छ । देशहीतको रक्षा, जनताको सेवामा समर्पित हुने र समाजको परिवर्तन गर्ने उद्देश्य लिएर राजनीतिमा होमिएको ।’

उहाँले नेपालको जातजाति, भाषा, धर्म, संस्कृतिमा भएको विविधताको संरक्षण गरिने बताउनु भयो । उहाँले कुनैपनि जातजातिका बीचमा हुने भेदभावलाई अन्त्य गर्नुपर्ने बताउनु भयो ।