२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा एक लाख ९४ हजार नयाँ मतदाता थपिए



अ+ अ-

भक्तपुर । आगामी मङ्सिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभा निर्वाचनमा भक्तपुरमा मतदाताको सङ्ख्या एक लाख ९४ हजार चार सय ३९ जना पुगेको छ ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नदेन्द्रप्रसाद न्यौपानेले भक्तपुरमा पुरुष मतदाता ९४ हजार छ सय ८३ र महिला मतदाता ९९ हजार सात सय ५१ तथा अन्य पाँच गरी कूल एक लाख ९४ हजार चार सय ३९ जना मतदाता पुगेको बताउनुभयो । भक्तपुरमा पुरुषभन्दा पाँच हजार ६८ जना महिला मतदाताको सङ्ख्या बढी रहेको उहाँले जानकारी दिनुभयो ।

कार्यालयका सूचना अधिकारी भीमबहादुर विसीले निर्वाचनका लागि ७६ मतदानस्थल र दुई सय २२ मतदान केन्द्र निर्धारण गरेको जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले गत असार १ गतेदेखि साउन १९ गतेसम्म गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिकका क्रममा १५ हजार नयाँ मतदाता थपिएको उहाँले जानकारी दिनुभयो ।