२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान दिवसका अवसरमा प्रदेश १ का मुख्यमन्त्री राईद्वारा वृक्षरोपण



अ+ अ-

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वर्तमान संविधानबाट स्थापित लोकतान्त्रिक गणतन्त्र र सङ्घीय शासन प्रणालीका माध्यमबाट जनतालाई सुखी सम्पन्न बनाएको बताउनुभएको छ ।

मुख्यमन्त्री राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संविधान दिवसका उपलक्ष्यमा आज यहाँ आयोजित बृहत् वृक्षरोपण कार्यक्रममा संविधानका माध्यमबाट मुलुकलाई समृद्धि, शान्ति, सुव्यवस्था र सामाजिक न्यायमा समानता प्रदान गर्न मार्ग प्रशस्त गरेको बताउनुभयो ।

मुख्यमन्त्री राईले जननिर्वाचित शासन गर्ने मुलुकमा निर्वाचनको ठूलो महत्व हुन्छ भन्दै आगामी मङ्सिर ४ गते हुने चुनावलाई निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न सबैले आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा आन्तरिक मामिलामन्त्री केदार कार्की, प्रदेश कार्यालयअन्तर्गतका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल स्काउट, विभिन्न विद्यालयका विद्यार्थीले विराटनगर–धरान छ लेन सडकअन्तर्गतको रानीदेखि वरगाछीसम्म विभिन्न जातका बिरुवा रोपिएको थियो ।

जिल्ला वन कार्यालय मोरङद्वारा उपलव्ध गराईका अलेण्डर, करवीर र प्लुमेरिया जातका दुई हजार दुई सय ५० बिरुवा रोपिएको थियो ।