५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा बाढीले पाक्नै लागेको धान खेती नष्ट, किसान चिन्तित



अ+ अ-

बेदकोट । कञ्चनपुरमा शुक्रबार रातिको अविरल वर्षापछि आएको बाढीले खेती नोक्सान गरेपछि किसान चिन्तित बनेका छन् । धानमा बाला लागेर पाक्नै लागेको खेतीमा बाढीले क्षति पु¥याएपछि किसान निराश बनेका हुन् ।

लालझाडी गाउँपालिका–३ नन्द गाउँका लोकबहादुर बडायकले पाँच बिघा खेतमा धान खेती गर्नुभएको थियो । शुक्रबार रातिदेखि अविरल वर्षापछि दोदा नदीमा आएको बाढीले उहाँको धान खेतीमा क्षति पु¥याएको हो ।

खेतको बालीमा मात्रै होइन बडायकको घरभित्र भण्डारण गरेको अन्न पनि बगाएको छ । “आफ्नै पाँच बिघा जमिनमा धान लगाएको थिएँ, नदीले ल्याएको बालुबाले सबै पुरिदिएको छ”, उहाँले भन्नुभयो, “धान सबै ढलाएको छ, त्यति मात्रै होइन घरभित्रको अन्नपात बाढीले भिजाएको छ ।”

बाढीले ६ महिनाको मेहेनतको फल धानको बाला टुसाउँदै गर्दा खेतमै नष्ट गरिदिएको उहाँको गुनासो छ । “धानको बाला लागि रहेका थिए, केही ठाउँका त पाकेर दसैँतिर काट्ने भइहाल्थे”, उहाँले भन्नुभयो, “तर बाढीले सबै सखाप पारेको छ, खेतमै बालुवाले च्यापेर ढलेका छन् ।” उहाँलाई अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोलिरहेको छ । “११ जनाको परिवार छ, वर्षभरि खाने घरभित्र र खेतको अन्नबाली सबै सत्यनाश भएपछि अब के गर्ने रु”, उहाँले प्रश्न गर्नुभयो ।

गत वर्षको बाढीले पनि धान खेतीमा क्षति गर्दा भित्र्याउन नपाएको उहाँले सुनाउनुभयो । “गत वर्ष पनि खेती भित्र्याउन पाएनौँ, यसपटक पनि यस्तै भयो”, उहाँले भन्नुभयो, “घरभित्र बाढीले बालुवा थुपारेर बस्न सकिएको छैन, त्रिपाल टागेर बसेका छौँ ।”

लालझाडी गाउँपालिकाको छ वटै वडामा बाढीले खेतीपातिमा ठूलो क्षति पु¥याएको कृषि शाखा प्रमुख हजमिला लावडले बताउनुभयो । “बाढीले धान, उखु, बदाम, सखरखण्डलगायत ठूलो क्षति पु¥याएको छ । हामी क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “पालिकाको आधा खेतीमा क्षति पु¥याएको अनुमान छ ।”

वर्ष दिनभरि खाने अन्न माटोमै मिसिएपछि शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका हरिकृष्ण भट्ट पनि परिवार कसरी पाल्ने भनेर चिन्तित हुनुहुन्छ । उहाँले भन्नुभयो, “वर्षभरि खाने धान खेतमै बालुवाले ढाकेको छ, अब कसरी परिवार पाल्ने, अनिकाल लाग्ने भयो ।’

एकान्त टोलमा १५ कठ्ठा जग्गामा लगाएको धान खेतीमा वनहरा नदीको बाढीले क्षति पु¥याएको उहाँले बताउनुभयो । “धानसँगै बदाम, मास र तिल पनि बाढीले ल्याएको बालुवाले पुरियो । विसं २०६४ यता यस्तो बाढी हामीले कहिल्यै देखेनौँ”, उहाँले भन्नुभयो । दोदा, बनहरा, स्यालीलगायत नदीको बाढीले कञ्चनपुरको पुनःवास, शुक्लाफाँटा, बेलौरी, लालझाडी, कृष्णपुर क्षेत्रको तटीय क्षेत्रमा बालीनालीमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख दिलबहादुर विष्टले बताउनुभयो ।

“बालुवाले पुरेको बाली उठ्न समस्या छ, अरु त विस्तारै पानी कम हुँदै गए पछि उठ्न सक्ला,” उहाँले भन्नुभयो, “बाढीले खेतीमा क्षति गरेको प्रारम्भिक जानकारी छ, के कति क्षति भन्ने एकिन विवरण आएको छैन ।” आफूहरु पनि बाढी प्रभावित क्षेत्रको अनुगमनमा गएकाले क्षतिको पूर्ण विवरण आउन केही समय लाग्न सक्ने उहाँले बताउनुभयो ।




भर्खरै