२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा संविधान दिवस कार्यक्रम



अ+ अ-

भक्तपुर । संविधान दिवसके अवसरमा आज मध्यपुरथिमि नगरपालिकामा प्रभातफेरी एवं अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मध्यपुरथिमि नपा–४ बालकुमारी मन्दिरबाट सुरु भएको प्रभातफेरी दथुटोल, निःगुपुखुः ९दुई पोखरी० हात्तिमहाकाल, चपाचो, गुंगचिवाः, बहाखाबजार हुँदै मध्यपुरथिमि नगरपालिका अगाडि एक पार्टी प्यालेसमा पुगेर अन्तक्र्रियामा परिणत भएको थियो । नगरपालिकाका जनप्रतिनिधि, नगरका विभिन्न सामाजिक सङ्घसंस्था, सहकारी संस्था, खेलाडी, सर्वसाधारण नागरिक, विद्यालय, नगरपालिकाका कर्मचारी, प्रहरीको सहभागिता थियो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले स्थानीय तहले संविधानको मर्म र भावनाअनुरुप संविधानको कार्यान्वयन गर्दै जनताको घरआँगनमा सरकार भएको अनुभूति दिनसक्नुपर्ने बताउनुभयो ।

उहाँले नगरपालिकाले संविधानले दिएको अधिकारअनुसार नगरवासीको हितमा काम गर्दै आएको बताउँदै नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत आवश्यकताको पहुँच वृद्धि गर्न नगरपालिका लागिरहेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले आमनागरिकलाई संविधानले दिएको अधिकार र यसको प्रयोगबारे सचेतना जगाउनुपर्ने आवश्यकता औँल्याउँदै हजारौँको बलिदानबाट प्राप्त संविधानको रक्षा गर्दै यसकोे अक्षरशः पालनामा लाग्नुपर्ने बताउनुभयो । त्यसअवसरमा नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य दिलीपकुमार प्रजापतिले जनता सचेत भएर संविधानको रक्षाका लागि उभिनुपर्ने औँल्याउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस मध्यपुरथिमि नगरसमितिका सभापति हरिदास प्रजापति, वरिष्ठ अधिवक्ता श्रीहरी अर्याललगायतले संविधानको रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।




भर्खरै