१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्याली पब्लिकका तीनै टोली विजयी चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनको ह्याट्रिकमा टोटेनहमको सानदार जित, लेस्टरको पोस्टमा हान्यो आधा दर्जन गोल



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले सानदार जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा टोटेनहमले घरेलु मैदानमा लेस्टर सिटीविरुद्ध ६–२ गोलको जित निकालेको हो ।

टोटेनहमको जितमा सन हेउंग मिनले ह्याट्रिक गरे भने ह्यारी केन, एरिक डाएर र राड्रिगो बेन्टान्करले एक–एक गोल गरे । लेस्टरका योरी टिलेमान्स र जेम्स म्याडिसनले एक–एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा टिलेमान्सले पेनाल्टीमार्फत गोल गर्दै लेस्टरलाई सुरुवाती अग्रतम दिलाएका थिए । ८ औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई १–१ को बराबरीमा ल्याए ।

२१ औं मिनेटमा डाएरले गोल गर्दै टोटेनहमलाई २–१ को अग्रता बनाए । ४१ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई २–२ को बराबरी स्थितीमा ल्याए ।

पहिलो हाफमा बराबरीमा सकिएको खेल देस्रो हाफमा भने टोटेनहमले एकपक्ष बनायो । ४७ औं मिनेटमा बेन्टान्करले गोल गर्दै टोटेनहमलाई ३–२ को अबस्थामा लगे । यस्तै, सनले ७३,८४ र ८६ औं मिनेटमा ह्याट्रिक गर्दै टोटेनहमलाई जित दिलाए ।

जितसँगै ७ खेलबाट १७ अंक जोड्दै टोटेनहम तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लेस्टर १ अंकसहित तालिकाको पुछारमा रहेको छ ।