२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः म्यान्चेस्टर सिटीको सहज जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा सिटीले वल्भ्सलाई उसकै मैदानमा ३–० गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन ज्याक ग्रिलिस, एर्लिङ हालाण्ड र फिल फोडेनले एक–एक गोल गरे ।

खेलको पहिलो मिनेटमा नै ग्रिलिसले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । १६ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । यस्तै ६९ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।

३३ औं मिनेटमा नाथान कोलिन्सले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वल्भ्स १० खेलाडीमा समेटिएको थियो । जितसँगै सिटी ७ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । वल्भ्स ६ अंकसहित १६ औं स्थानमा छ ।