२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिनका होटलबाट बाल मजदुरको उद्धार



मुग्लिन बजार
अ+ अ-

भरतपुर । चितवनमा दुई बाल मजदुरको उद्धार गरिएको छ । इच्छाकामना गाउँपालिका–५ मुग्लिन बजारमा रहेको धौलागिरि थकाली होटलबाट दुई बाल मजदुरको उद्धार गरिएको हो ।

घरबाट भागेर आइ मुग्लिनको होटलमा एक महिनादेखि बाल मजदुरको रुपमा काम गरिरहेका १४ वर्षमुनिका उनीहरुलाई प्रहरी, गाउँपालिकाका जनप्रतिनिधि र होटल व्यवसायी सङ्घका प्रतिनिधिले उद्धार गरेका थिए । पाल्पा जिल्लाका उनीहरु कक्षा ९ मा पढ्दा पढ्दै आएका थिए । बालकलाई शुक्रबार नै परिवारको जिम्मा लगाइएको मुग्लिन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिनुभयो ।

राजमार्ग क्षेत्रका अन्य होटलमा पनि बालमजदुर हुनसक्ने भएकाले अनुगमन अघि बढाइने उक्त गाउँपालिकाको उपाध्यक्ष माया सिलवालले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य होटललाई पनि कडाइका साथ निर्देशन दिएका छौँ, अनुगमनमा जाँँदा बालमजदुर फेला परे होटल सञ्चालकलाई कारबाही गर्छौं ।”

कानुनअनुसार १८ वर्षभन्दामुनिका बालबालिकालाई कुनै पनि काममा लगाउनु दण्डनीय भएकाले यस्तो नगर्न उपाध्यक्ष सिलवाले सबै व्यवसायीलाई आग्रह गर्नुभयो ।