• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

नेपालमै पहिलो पटक पब्जी र फ्रिफायर प्रतियोगिता एकसाथ हुँदै



काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुको मुख्य प्रायोजनमा नेपालमै पहिलो पटक एक साथ पब्जी र फ्रिफायरप्रतियोगिता हुने भएको छ । २२ सेप्टेम्बरदेखि सुरु हुने यो ‘अल्टिमेट ब्याटलः पब्जी एन्ड फ्रिफायर’। नोभेम्बरमा सम्पन्न हुने भएहो हो  ।

पाँच हजार टिम सहभागी हुने अपेक्षा राखिएको पब्जी र फ्रिफायर प्रतियोगिताको ‘पुल प्राइज’ (कूल पुरस्कार राशी) चार लाख रुपैयाँ रहेको छ । यस बाहेक विजेता खेलाडीहरूका लागि विभिन्न गिफ्ट ह्याम्पर समेत रहेको सुबिसुले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहने टिमका लागि रजिष्ट्रेसन खुला भइसकेको छ । १५ सेप्टेम्बरदेखि सुरु भएको रजिष्ट्रेसन २० सेप्टेम्बरसम्म जारी रहनेछ  यसक साथै इच्छुक सहभागीहरूले सुबिसुको फेसबुक पेज तथा इन्स्टाग्राम पेजमार्फत प्रतियोगिताबारेथप जानकारी प्राप्त गर्नुका साथै गेमको ‘रुलबुक’ समेत हेर्न सक्नेछन् ।

प्रतियोगितामा जे म्युजिक एचडी ब्रोडकास्टिङ पार्टनरको रूपमा रहेको छ भने इभेन्ट पार्टनरमा ओटुका जात्रा छ ।सुरुवाती राउण्डहरू भर्चुअल रूपमा आयोजना हुने भए पनि फाइनल खेलहरू भने भौतिक उपस्थितिमा सम्पन्न हुने बताइएको छ ।