२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन अन्त्यपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्यमा सुधार



अ+ अ-

एजेन्सी । कोभिड–१९ का कारण लागू गरिएको लकडाउन अन्त्य भएपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्य र साधारण स्वास्थ्यमा सुधार आएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ ।

अस्ट्रेलियाली विश्वविदालयका अनुसन्धाताहरूले बिहीबार तीन हजार ५०० भन्दा बढी अष्ट्रेलियालीमा गरिएको कोभिड–१९ प्रभाव अनुगमन सर्भेक्षणमा सन् २०२१ को तुलनामा मनोवैज्ञानिक त्रासको स्तर कम देखिएको बताएका छन् ।

अध्ययनमा सहभागिता गराइएका १८ देखि २४ वर्ष उमेर समूहका दुई तिहाइभन्दा बढी उत्तरदाताले महामारीका कारण सबैभन्दा बढी सन्तुष्टि गुमाएका उनीहरूले १२ महिनाअघिको तुलनामा आफ्नो जीवन राम्रो भएको बताएका थिए ।

अध्ययनका सहलेखक निकोलस बिडलले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “यसको अर्थ यो होइन कि अस्ट्रेलिया महामारीपूर्वको स्वास्थ्य र मानसिक स्वास्थ्यमा फर्किएको छ ।

अक्टोबर २०१९ को तुलनामा सन् २०२२ को अगष्टमा जीवन सन्तुष्टि कम थियो । दुई करोड ५० लाख रहेको अस्ट्रेलियामा महामारी सुरु भएयता अहिलेसम्म पुष्टि भएका कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ ।