१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोर्डन मरुभूमिमा नौ हजार वर्ष पुरानो मन्दिर फेला



अ+ अ-

अम्मान । जोर्डन र फ्रान्सेली पुरातत्वविद्हरूको टोलीले जोर्डनको पूर्वी मरुभूमिको दुर्गम नियोलिथिक साइटमा लगभग नौ हजार वर्ष पुरानो मन्दिर फेला पारेको बताएको छ।

सो मन्दिर ‘डेजर्ट काइट्स’ भनेर चिनिने ठूला संरचनाहरू नजिकको नियोलिथिक क्याम्पसाइटमा फेला परेको थियो । डेजर्ट काइट्स सामूहिक जालहरू जङ्गली चराहरु पाल्नका लागि प्रयोग गरिन्छ ।

त्यस्ता पासोहरूमा दुई वा बढी लामो ढुङ्गाको पर्खालहरू हुन्छन् जुन घेरातिर जान्छ । यी मध्यपूर्वको मरुभूमिहरूमा छरिएका अवस्थामा पाइन्छन्।

“यसको संरक्षणको अवस्थाका कारण साइट अद्वितीय छ”, परियोजनाका सह(निर्देशक एवं जोर्डनका पुरातत्वविद् वेल अबु–अजिजाले भने, “यो नौ हजार वर्ष पुरानो हो र सबै कुरा लगभग अक्षुण्ण थियो।”

मन्दिरभित्र दुई उभिएका पत्थर थिए । जसमा मानव आकृतिहरु थिए र एउटा ‘डेजर्ट काइट’ को प्रतिनिधित्व थियो । साथै एउटा वेदी, चुलो, समुद्री गोला र केही जालहरु थिए । 

अन्वेषकहरूले मङ्गलबार एक विज्ञप्तिमा भनेका छन्, “मन्दिरले सङ्केतवाद, कलात्मक अभिव्यक्तिका साथै यी अहिलेसम्म अज्ञात नियोलिथिक जनसङ्ख्याको आध्यात्मिक संस्कृतिमा नयाँ प्रकाश पार्छ।” एजेन्सी