१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाहरुको अठोटबाटै नेपाल आत्मनिर्भर बन्छ– प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरुको अठोटले नै नेपाललाई आत्मनिर्भर बनाउन सकिने बताउनुभएको छ । युवा उद्यमशीलता शिनर सम्मेलन, २०२२ लाई आइतबार सम्बोधन गर्दै उहाँले आत्मनिर्भरसहितको समृद्ध मुलुक बनाउन हजारौँ युवाहरुको अठोट आवश्यक हुने बताउनुभयो ।

सपना बनाउन, दृढता राख्न र लागी पर्न आग्रह गर्दै अध्यक्ष प्रचण्डले युवाहरुलाई सफलता त्यसै चुम्न आउने उल्लेख गर्नुभयो ।

पचास÷साठी वर्षअघिसम्म कृषि सामग्री निर्यात गर्ने मुलुक अहिले आयात गर्नुपर्ने अवस्थामा आएको उल्लेख गर्दै उहाँले नेपाल र नेपालीका लागि कृषिमा आत्मनिर्भर हुनु सबैभन्दा महत्वपूर्ण कुरा भएको बताउनुभयो ।

पहाडमा खान नपुगेर आफू चितवन बसाइँ सर्न आइपुगेको भन्दै उहाँले अहिले विगतलाई फर्केर हेर्दा अचम्म लाग्ने गरेको बताउनुभयो । “साँच्चै नै म पहाडमा खान नपुगेर चितवन बसाइँ सरेको बच्चा हुँ, गणतन्त्र नेपालको दुईचोटि त प्रधानमन्त्री नै भइसकेँ”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “यो कसरी भयो भन्नेबारे सोच्दा आफैँलाई सपना हो कि विपना हो भन्ने लाग्छ, तर हुँदो रहेछ ।”

आफूले यसलाई गौरवशाली ठानेको भन्दै उहाँले युद्धको कमाण्डर पनि भएको र युद्धलाई शान्तिमा रुपान्तरण गर्ने अवसर पनि पाएको उल्लेख गर्नुभयो । संविधान निर्माण गर्ने अवसर प्राप्त गर्नु, संविधान जारी भएपछि दोस्रो पटक प्रधानमन्त्री हुन पाउनु यी सबै आफ्नो अठोटका कारण सम्भव भएको उहाँको भनाई थियो ।