१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी मुद्रासहित भारतीय नगरिक पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रा (अमेरिकी डलरलगायत) सहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

फ्लाई दुबईमार्फत काठमाडौँबाट दुबई जान लागेका भारतीय नागरिक शतिश परसोत्तम सजनानीलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

अवैध रुपमा विदेशी मुद्रा लैजान लागेको भन्ने विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा उनको हाते झोलाबाट विभिन्न देशका मुद्रा फेला परेपछि पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

उनको साथबाट प्रहरीले २० हजार अमेरिकी डलर, रु ३१ हजार छ सय पाँच इङ्ल्यान्ड पाउन्ड, ५० जर्जिया लारी, एक सय भारतीय रुपैयाँ र एक हजार ३०० युएई दिराम बरामद गरेको छ । 

मङ्गलबार पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज राजश्व अनुसन्धान विभाग, ललितपुरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।