७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसबाट हास्य कलाकार जोगिन्दर प्रदेशसभामा उम्मेदवार सिफारिस



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस निकट सांस्कृतिक संघमा आबद्ध हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ आगामी प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार सिफारिस भएका छन् ।

जोगिन्दर सर्लाही क्षेत्र नं ४ को ‘क’ बाट प्रदेशसभा समानुपातिकतर्फ सर्वसम्मत उम्मेदवार सिफारिस भएका हुन् । कलाकार जोगिन्दरले फेसबुकमाफर्त आफूलाई प्रदेशसभा समानुपातिकतर्फ एक नम्बरमा राखेर उम्मेदवार सिफारिस गरिएको बताएका छन् ।

उनले उम्मेदवार सिफारिसमा परेकामा पार्टीका नेताहरुप्रति आभार प्रकट गरेका छन् । समय टेलिभिजनमा रिजालले लामो समय ‘जोगिन्दर के पान कि दुकान’ चलाएका थिए ।