२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानका विदेशमन्त्री अफगानिस्तान जाने कार्यक्रम नरहेको पाकिस्तानको भनाइ



अ+ अ-

इस्लामावाद । पाकिस्तान सरकारले यहाँका विदेशमन्त्री अफगानिस्तानको भ्रमणमा जाने भन्ने हल्ला मात्र हो भनेको छ । आइतबार पाकिस्तानका केही सञ्चारमाध्यमहरुले पाकिस्तानका विदेशमन्त्री अफगानिस्तानको भ्रमणमा जाने समाचार सार्वजनिक गरेका थिए । 

तर पाकिस्तानले भने सो समाचार सत्य नभएको जनाएको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरेर सो समाचारमा कुनै सत्यता नभएको र पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानको भ्रमण गर्ने कुरा हल्लामात्र भएको जनाएको हो ।

पाकिस्तानका विदेशमन्त्री साह मोहमद कुरेसीले अफगानिस्तानको भ्रमण गर्ने भन्ने समाचार आएपछि विदेश मन्त्रालयलका प्रवक्ता जाहिद हाफिज चौधरीले विज्ञप्तिमार्फत त्यसको खण्डन गर्नुभएको हो । उहाँले आइतबार साँझ प्रकाशन गर्नुभएको विज्ञप्तिमा भन्नुभएको छ, “यो सबै हल्लामात्र हो, पाकिस्तानका विदेशमन्त्री अहिले अफगानिस्तानको भ्रमणमा जाने कुनै कार्यक्रम नै छैन ।” 

यसअघि पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानको विषयमा आवश्यक छलफल र परामर्श गर्नका लागि भन्दै विभिन्न छिमेकी देशको भ्रमण गर्ने कार्यक्रम रहेको थियो । 

विदेश मन्त्रालयका प्रवक्ता चौधरीले अहिले सो कार्यक्रम पनि स्थगित गरिएको र अफगानिस्तानका विषयमा आवश्यक सहयोगका लागि रुस, जर्मनी, टर्की, बेल्जियम तथा नेदरल्याण्डका विदेशमन्त्रीसँग फोनमा सम्वाद भने गर्नुभएको उहाँले जानकारी दिनुभयो । 




भर्खरै