२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीले कारबाही गरेकालाई दल बिभाजनमा आयोगले सनाखत गराउन मिल्दैन: अग्नी खरेल



अ+ अ-

काठमाडौ । नेकपा एमालेले पार्टी केन्द्रीय कमिटी र संसद सदस्यबाट कारवाही गरिएका १४ जनाको हस्ताक्षर दल विभाजनमा मान्यता नदिन निर्बाचन आयोगको ध्यानकषर्ण गराएको छ । एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र सदस्य बाबुराम दाहालले आयोगमा पुगेर ध्यानकर्षण गराउनु भएको हो ।

खरेलले न्युजपोलार संग भन्नुभयो "दलले निष्कासन गरेका व्यक्तिलाई सोही दल बिभाजको बिषयमा सनाखत गराउनु कानून सम्मत हुदैन यसै बिषयमा आयोगमा प्रमुख आयुक्त सहित सरोकारवालाहरुको ध्यानकर्षण गराएका छौ ।"

एमालेले भदौ १  गते माधव नेपालसहित मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, रामकुमारी झाँक्री, कल्याणी खड्का, कलिला खातुन, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरू, पुष्पाकुमारी कर्ण, सरला यादव, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई कारबाही गरेको थियो ।