२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आउन सकेनन् विकासको मूलधारमा मुक्तकमैया



अ+ अ-

नेपालगञ्ज । मुक्त कमैया घोषणा भएको लामो समय हुँदा पनि बर्दियाका मुक्त कमैया विकासको मूलधारमा आउन सकेका छैनन् । जिल्लाको गेरुवा गाउँपालिका, बढैयाताल गाउँपालिका र राजपुर नगरपालिकामा भएको एक अध्ययनले सरकारले उनीहरुलाई पुनःस्थापना गरे पनि स्थानीय सरकारले नीति, कार्यक्रम र बजेटले सम्बोधन नगर्दा जीविकोपार्जन, शिक्षा, स्वास्थ्यलगायत विषयमा उनीहरुले सास्ती खेप्नुपरेको छ ।

“हामीलाई राज्यले मुक्तकमैया घोषणा त ग¥यो तर यसको सही ढङ्गले व्यवस्थापन हुन सकेको छैन”, कमैया महिला जागरण समाजकी अध्यक्ष विरुनी थारुले भन्नुभयो । उहाँले जिल्लामा ९२ मुक्तकमैया पुर्जा भएको तर जोतभोग गर्न नपाएको गुनासो गर्दै मुक्तकमैया भए पनि व्यवहारमा परिवर्तन नआएको बताउनुभयो । गेरुवा गाउँपालिकाले त्यहाँ बसोबास गर्ने मुक्तकमैयाको क्षमता विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेको छ तर यस विषयमा बजेटको प्रबन्ध गरिएको छैन ।

गेरुवा गाउँपालिकाका अध्यक्ष जुमानसिंह केसीले सङ्घ र प्रदेशबाट सहयोग स्वरुप प्राप्त हुने आवास कार्यक्रबाट सहयोग गर्न सकिने उल्लेख गर्दै मुक्तकमैयाले कार्यक्रम माग नगरेको बताउनुभयो । “हामी मुक्तकमैयाका पक्षमा कस्तो कानुनको आवश्यकता पर्दछ । त्यो बनाउन तयार छौँ तर कानुन कस्तो र के विषयको बनाउने हो, त्यो मागअनुसार हुन्छ”, उहाँले भन्नुभयो । गेरुवा गाउँपालिका–३ का वडाध्यक्ष निर्मल चौधरीले सधैँ परिस्थिति एकै नभएकाले आज पनि मुक्तकमैया भनेर भनि रहनुनपर्ने जिकिर गर्नुभयो ।

राजापुर नगरपालिकामा आदिवासी जनजाति, विपन्न लोपउन्मुख वर्ग, मुक्तकमैया, कमलरी, समुदायको उत्थानका लागि उहाँहरुको सक्रिय र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै विकासको प्रतिफलमा समानुपातिक पहुँच हुनेगरी सरकारी, निजी तथा गैरसरकारी क्षेत्रको समन्वयमा चालु आव २०७९/८० को नीति तथा कार्यक्रम तयार गरिएको उल्लेख भए पनि सो अनुसारको नीति र बजेट तर्जुमा गरिएको छैन ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले मुक्तकमैया पुनःस्थापना भए पनि अझै केहीको छुट भएको उल्लेख गर्दै यसका विषयमा भिन्दै कार्यक्रम आउन नसकेको बताउनुभयो । राजापुर नगरपालिका–८ का वडाध्यक्ष राजेश थारुले आफू पनि मुक्तकमैया भएको जानकारी दिँदै अहिलेसम्म परिचयपत्र नपाएको गुनासो गर्नुभयो । उहाँले कमैयाको प्रतिनिधिको रुपमा सङ्घीय र प्रदेश सांसद भएकाले अहिलेसम्म यो विषयलाई नउठाएको उल्लेख गर्दै अब सधैँ पहिचान र पुनःस्थापनाको कुरा उठाउनुभन्दा पनि यसलाई समाधान हुने गरी टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।

बढैताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले यस वर्ष नीति तथा कार्यक्रम समयमा ल्याउन नसकेको जानकारी दिँदै मुक्तकमैयाको निःशुल्क बीमा र प्याकेजमा सहयोग गर्ने कार्यकम पारित गरेको बताउनुभयो । उहाँले यस वर्ष वडा नं ९ लाई बढी केन्द्रित गरेर कार्यक्रम ल्याएको उल्लेख गर्दै आउँदो हिउँदे अधिवेशनसम्म भिन्दै नीति, कार्यकम र बजेट ल्याइने बताउनुभयो । मुक्तकमैयाका शोधकर्ता डिल्ली विसीले सङ्घीय सरकारले नीति बनाए पनि स्थानीय सरकारले नीतिगत र बजेटका हिसाबले सम्बोधन गर्न नसकेको बताउनुभयो । उहाँले मुक्तकमैयाको समस्यालाई सम्बोधन गर्न स्थानीय सरकारले कार्यविधि बनाएर पनि समस्याको हल हुने बताउनुभयो ।

एक तथ्याङ्कअनुसार बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा गरी कमैया मुक्ति पश्चात २०५७ र २०६० सालमा लिएको लगतअनुसार मुक्तकमैया परिवारको सङ्ख्या ३२ हजार पाँच सय नौ रहेको छ । रासस