२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न सभापती देउवाको निर्देशन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न निर्देशन दिएका छन् । 

नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले पार्टी कार्यालयमा धर्ना दिएपछि सभापति देउवाले तत्काल नामावली सार्वजनिक गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूको मागका सम्बन्धमा सभापति देउवाको ध्यानाकर्षण भएको भन्दै छिट्टै प्रक्रिया पुरा गरेर नामावली सार्वजनिक गरिने बताउजुभयो । 

उनका अनुसार साउन ३० गतेको केन्द्रीय समिति बैठकमै सभापतिले नामावली सार्वजनिक गर्न निर्वाचन समितिलाई निर्देशन दिएका थिए । 

क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन सभापतिले रुजु गरिसकेपछि तथा निर्वाचन समितिले अन्तिम रुप दिएपछि पार्टीको वेबसाइटमार्फत सबैको पहुँचमा पुग्नेगरी सार्वजनिक हुने प्रवक्ता शर्माको भनाइ छ । 

मंगलबार बिहानै सानेपास्थित पार्टी केन्द्रिय कार्यालय पुगेका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै धर्ना दिएका थिए ।