काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवक्तामा कृष्णबहादुर महरा चयन भएका छन् ।
पूर्वसभामुख समेत रहिसकेका महरालाई हालै सम्पन्न पार्टी केन्द्रीय समिति बैठकले प्रवक्ता तोकेको हो ।
माओवादीका अनुसार यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका नारायणकाजी श्रेष्ठलाई प्रवास समिति इन्चार्ज बनाइएको छ ।
यस्तै संगठन विभाग प्रमुखमा जनार्दन शर्मा चयन भएका छन् ।