२७ भाद्र २०८३, शनिबार
,
Latest
युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले गर्यो नेताहरुको कार्यविभाजन : कुन नेताले कहाँ जिम्मेवारी पाए ?



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले  नेताहरुको कार्यविभाजन गरेको छ । केन्द्रीय समिति बैठकले पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोकेको हो ।  

हालै सम्पन्न केन्द्रीय समितिले कतै इन्चार्जमात्रै तोकिएको छ भने कतै सहइन्चार्ज, अध्यक्ष र सचिव पनि तोकिएको छ । समितीले माओवादीले केन्द्रीय विभाग पनि गठन गरेको छ । 

जसअनुसार  प्रवक्तामा कृष्ण बहादुर महरा, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर, अर्थ विभागको प्रमुखमा वर्षमान पुन रहेका छन् भने कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उद्योग तथा बाणिज्य विभागमा वामदेव क्षेत्री, कृषि तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, संगठन विभागमा जनार्दन शर्मा प्रमुख रहेका छन् । 

यसैगरी स्कुल विभागमा प्रचण्ड तथा प्रमुखमा गिरिराजमणि पोखरेल रहेका छन् । यता यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठ प्रवास समिति इन्चार्ज रहेका छन् । यस्तै माओवादीले जनवर्गीय तथा सामुदायिक संगठनका इन्चार्ज पनि तोकेको छ । 

माओवादीले रिक्त रहेका समिति र बाँकी केन्द्रीय सदस्यहरुको जिम्मेवारी पछि तोकिने पनि अध्यक्ष प्रचण्डले गरेको आन्तरिक परिपत्रमा उल्लेख गरिएको छ । 

माओवादीका कुन नेताले कहाँको जिम्मेवारी पाए, विस्तृतमा हेर्नुहोस्ः