८ भाद्र २०८३, सोमबार
,
Latest
भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट चन्द्र नहरलाई ऐतिहासिक सम्पदासँगै आधुनिक सिँचाइ प्रणाली बनाइने मुगुका पत्रकार शाहीलाई झापामा सम्मान विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण हरवाचरवा मुक्तिको चार वर्ष, अधिकारवादी संघसंस्था भन्छन्: समस्या उस्तै जेनजी आन्दोलनमा क्षतिग्रस्त भैंसेपाटी मन्त्रीनिवासको पुनर्निर्माण अन्तिम चरणमा -फोटो फिचर छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः दोस्रो स्थानलाई होड रोमाञ्चक



file
अ+ अ-

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा बिहीबारबाट १३ औं तथा अन्तिम चरणका खेल हुँदैछन् ।

आगामी चरणका खेलपछि सहिद स्मारक ए डिभिजन लिग समापन हुनेछ । जसमा मच्छिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरिसकेको छ भने शीर्ष चारभित्र अटाएका टोलीत्रय त्रिभुवन आर्मी फुटबल, न्युरोड टिम (एनआरटी) र मनाङ मस्र्याङी फुटबल क्लबबीच शीर्ष दुईका लागि रोमाञ्चक होड बन्दैछ ।

बिहीबार सहिद स्मारक ए डिभजन लिगमा रेलिगेशनमा परिसकेको च्यासल युथ क्लबले दिनको १ बजे एन्फा कम्पलेक्समा सातदोबाटो युथ क्लबको सामना गर्दा सोही समयमा दशरथ रंगशालामा हिमालयन शेर्पाले फ्रेन्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । दुबै टोलीका प्रशिक्षकले सुखद अन्त्यका लागि खेल्ने बताएका छन । सातदोबाटो युथ क्लबले च्यासलको सामना गर्दा शीर्ष चारमा अटाउने लक्ष्य लिएर मैदान उत्रिनेछ । १२ खेलबाट १८ अंक जोडेको सातदोबाटो अहिले १८ अंकका साथ पाँचौ स्थानमा छ । जित निकाले सातदोबाटोलाई शीर्ष चारमा अटाउने सम्भावना रहन्छ भने च्यासलले अन्तिम खेलमा जित निकाल्दै लिगको सुखद अन्त्य गर्ने लक्ष्य हुनेछ । बिहीबार नै हुने अर्को खेलमा हिमालयन शेर्पा पनि फ्रेन्ड्सविरुद्ध तीन अंक जोड्ने लक्ष्य लिएर मैदान उत्रिनेछ । उता रेलिगेशन संघर्षपूर्ण तरिकाले बचेको फ्रेन्ड्सपनि अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।

यस्तै च्याम्पियन टोलीका प्रशिक्षक प्रवेश कटुवालले अपराजित रहँदै उपाधि उचाल्ने रणनीतिका लागि लिगको अन्तिम खेल खेल्ने बताउनु भयो । च्याम्पियन मच्छिन्द्रले १२ आंै चरणको समाप्ति सम्म १० खेलमा जित निकाल्दा दुई खेलमा अंक बाँडेको छ । यस्तै अर्को अपराजित टोली आर्मीले ५ खेलमा सुखद नतिजा निकाल्दा ७ खेलमा अंक बाँडेको छ ।

१३ औं चरणको खेल अन्तर्गत दोस्रो स्थानका लागि संघर्ष गरिरहेका टोली त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मस्र्याङ्दी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोली मध्ये कुनै पनि टोलीले जित निकाले उपविजेताको टोलीको टुङ्गो लाग्नेछ भने बराबरीको अवस्थामा समिकरण अर्कै टोलीको पोल्टामा समेत पर्नेछ । त्यसका लागि तेस्रो स्थानमा रहेको एनआरटीले नेपाल पुलिसलाई पराजित गर्नु पर्नेछ । यस्तै अन्य  टोलीले पनि अन्तिम खेल सुखद बनाउने रणनीतिका साथ मैदान उत्रिनेछन् ।