१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जसपाले चीनका विदेशमन्त्री यीको नेपाल भ्रमण आगमनलाई विशेष रुपमा लिएको छ’



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता मनिष सुमनले पनि आफूहरु चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपालमा स्वागत गर्न तयार रहेको बताएका छन् । 

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हामी पञ्चशीलको आधारमा सबै विदेशसँगको सम्बन्धलाई स्विकार गर्छौं । सबै देशसँग समान व्यवहार गर्छौं । भारत र चीनसँग विशेष सम्बन्ध रहनुपर्छ । भारत र चीन भनेको त हाम्रो नजिकका छिमेकी हुन्, हामीलाई कुनै आपत र विपद् पर्यो भने उहाँहरु नै नजिक हुनुहुन्छ, विश्वमै एउटा उदयीमान शक्ति चीनका विदेशमन्त्रीको नेपाल भ्रमण हुँदैछ, जसपाले उहाँको आगमनलाई विशेष रुपमा लिएको छ।’

भारतजस्तै चीन पनि नेपालको लागि विशेष मुलुक भएको सुमनले उल्लेख गरे । उनले भने,‘तर, उहाँहरुको नेपालको राजनीतिमा आन्तरिक हस्तक्षेप नहोस । चिनियाँ राजदूतले सक्रिय भूमिका खेलेको कुरा अहिले उठेको छ, उहाँले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने कुरा बाहिर आएको थियो, अहिले प्रचण्डले पनि कहीँ कहीँ बोल्न थाल्नुभएको छ, चीनको विदेशमन्त्रीको भ्रमणलाई ईंगित गर्दै यस्तो कुरा बोलिएको छ। दलगत रुपमा चीनसँग विशेष सम्बन्ध हुन्छ। विशेष समबन्ध हुँदैमा कुनै पनि देशको आन्तरिक राजनीतिमा हस्तक्षेप हुनुहुँदैन् । नेपालमा कम्युनिष्टहरुको एउटै पार्टी हुनुपर्छ भन्ने राजदूत यान्छीको भनाई आएको थियो । यो आपत्तिजनक कुरा हो । उनी त चीनको राजदूत हो नि ।’
नेपाल सरकारले परराष्ट्र नीति सही तवरले सञ्चालन गर्नुपर्ने र देशको समृद्धिको लागि सबैले काम गर्नुपर्ने उनको भनाई थियो । 

उनले नेपालको संसद्मा एमसीसी पारित हुँदै गर्दा चिनियाँ विदेश मन्त्रालयले निकालेका विज्ञप्ती र अभिव्यक्तिलाई आफूहरुले गम्भीर रुपमा लिएको पनि उल्लेख गरे । उनले भने,‘बीआरआईको ऋणबारे चर्चा छ कि ऋण तिर्न नसकेर कतिपय देश टाट पल्टेका छन् । हेर्नुहोस, नेपालले चीनको ऋण वा सहयोग लिँदा अमेरिकाले हस्तक्षेप गर्न मिल्दैन अनि नेपालले अमेरिकाको एमसीसीको अनुदान लिँदा चीनले पनि हस्तक्षेप गर्न मिल्दैन् ।’

उनले आफूहरु चिनियाँ ऋण लिने पक्षमा भने नरहेको जिकिर गरे । उनले भने,‘हामी कुनैपनि ऋणको पक्षमा छैनौं । चीनले दिएको ऋण कम ब्याजदरमा छैन् । जसपा त्यस्तो कुनै ऋणको पक्षमा छैन् । बरु अनुदानको कुरा हामीले आफ्नो सार्वभौमसत्तालाई ख्याल गरेर लिनुपर्छ । ऋणको पक्षमा हामी छैनौं ।’