२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी कार्यालयमै २४ घण्टा रिले अनसन बस्दै कांग्रेस जिल्ला सभापतिहरू



अ+ अ-

काठमाडौं । नेपाली कांग्रसका जिल्ला सभापतिहरूले रिले अनसनमा सुरु गर्ने भएका छन् । संस्थापनइतर समूहका जिल्ला सभापतीहरुले आजदेखि रिले अनसन सुरु गर्ने भएका हुन् । 

क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्नेलगायत माग राखी मंगलबार पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका उनीहरूले आजबाट रिले अनसन सुरु गर्ने भएका हुन् । 

तीन बुँदे मागसहित बस्न लागएिको २४ घण्टे रिले अनसनको पहिलो दिन आज नुवाकोटका जगदीश्वर नरसिंह केसी, काभ्रेका सभापति मधु आचार्य र धदिङका रमेश धमला अनसन बस्न लागेको छन् । 

नुवाकोटका जगदीश्वर नरसिंह केसीकाअनुसार उनीहरू २४ घण्टा रिले अनसन बसेपछि अन्य जिल्लाका तीन जना सभापती अनसनमा बस्नेछन् ।

मंगलबार धर्ना कार्यक्रममा पुगेर नेपाली काँग्रेसका नेताहरू शेखर कोइराला, अर्जुन नरसिंह केसी र गगन थापालगायतले ऐक्यबद्धता जनाएका थिए । 

नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने मिति तोकिएको छ । सोही कार्यक्रमअन्‍तरगत भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गर्ने कार्यतालिका छ ।