९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो

‘अग्नि’ बाट प्रज्वलित साहित्यिक उज्यालो…!

‘अग्नि’ बाट प्रज्वलित साहित्यिक उज्यालो…!
अ अ+ अ-

काठमाडौँ । “एकछिन त मौन रहेँ । यो खबर पहिलो पटक कसलाई सुनाऔँ भन्ने भयो । दायाँबायाँ हेरेँ तर घरमा म एक्लै थिएँ….”

जीवनका गल्छेडाहरुका सुःख दुःखका साथी जीवनसँगिनी सङ्गीता शनिबार दिउँसो नातिनीलाई लिएर नैकाप बजारतिर निस्किएकाले त्यो खुसीको क्षण केहीबेर महाकाव्यकार डा नवराज लम्साल वरिपरि मात्रै नाचिरह्यो । उकुसमुकसको अनुभवबीच ढोकाबाट बाहिरतिर हेर्दा श्रीमती सङ्गीता नातिनीका लागि किनिदिएको जुत्ता हातमा बोकेर आउँदै गरेको देखेपछि कवि नवराजले ‘अलि छिटो आऊ न…’ भन्न नपाउँदै श्रीमती सङ्गीताको जवाफ आयो, “किन र बूढा ?, मदन पुरस्कार जित्यौ कि क्या हो ?”

छिमेकी जिल्ला धादिङबाट काठमाडौँ छिरेको ३८ वर्षपछि साहित्यिक जीवनमा सबैभन्दा ठूलो खुसी र उपलब्धिको खबर सुनेपछिको पहिलो अनुभूति आइतबार राससलाई सुनाउँदै हुनुहुन्थ्यो–प्रसारण पत्रकारिताका लोकप्रिय प्रतिभा डा लम्साल । उहाँलाई ‘अग्नि’ महाकाव्यले यसपटक मदन पुरस्कार के पाउला र ? भन्ने नलागेको होइन । यसअघिका दुई महाकाव्य ‘कर्ण’ र ‘धरा’ ले पाउने आश गरिए पनि पाउन नसकेकाले यसपटक त्यस पुरस्कारतर्फ कवि लम्सालको त्यति ध्यान थिएन ।

मदन पुरस्कार गुठीले उत्कृष्ट आठभित्र पारेपछि यसपटक ‘अग्नि’ ले बाजी मार्ने अनुमान धेरैले गरेका थिए तर अन्तिम घोषणा हुनुअघि कवि लम्साललाई प्रसूति गृहभित्र लगिएको गर्भवतीको जस्तो अनुभव भएको थियो । विजयी घोषणा हुनुपूर्वको समय प्रसूति गृहभित्र बच्चा जन्मिएर च्याँ गर्दा बाहिर कुरिरहनेलाई छोरा या छोरी के होला रु त्योे शिशु कस्तो होला भन्ने कुतूहल भए जस्तै लागेको थियो कवि लम्साललाई ।

बीस वर्षसम्म त्यही महाकाव्यमा हरफहरु मुसारेर निखार गरिएको ‘अग्नि’ मा सीमान्तकृत वर्ग–समुदायका पीडा र भोगाइका गहन विषयवस्तु समेटिएका छन् । त्यही महाकाव्यले अहिले साहित्यिक बजार पिट्न थालेको छ । हालसम्म उक्त कृति पाँच हजार प्रति बिक्री भइसकेको छ । मुलुकको राजनीति र इतिहासकालदेखि पछाडि पारिएका पात्र र प्रवृत्तिहरुलाई अनुसन्धानका आधारमा ग्रामीण लोकलयमा काव्यमा उतारिएको ‘अग्नि’ मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, सेन राजा, मकवानपुर र जेठी तरबारको समेत उल्लेख हुनुले यसले ऐतिहासिकता झल्काएको छ । बुकहिल प्रकाशनले बजारमा ल्याएको ४२ सर्गयुक्त महाकाव्यमा समाजमा सांस्कृतिक शोषणमा परेका पात्रका आवाजलाई सुललित शैलीमा उतारिएको छ ।

यस वर्ष साहित्यिक क्षेत्रमा तीन सय १० पुष्ठको उक्त ‘अग्नि’ महाकाव्यलाई पुरस्कृत गर्ने लहर नै चलेको छ । मदन पुरस्कार गुठीले घोषणा गर्नुअघि यस कृति सुदूरपश्चिम साहित्य समाज, सर्लाहीको लालबन्दी नगर वाङ्मय परिषद्बाट उत्कृष्ट ठहरसहित पुरस्कार घोषित भइसकेको थियो भने पद्यश्री पुरस्कार पनि पाइसकेको थियो । साहित्यिक क्षेत्रको प्रतिष्ठित मानिने मदन पुरस्कार पाउने निश्चयपछि कवि लम्साललाई मनभरिको खुसीसँगै जिम्मेवारीबोधले थिच्न थालेको छ । सस्ता र रुमानी विषय नलेखी नेपाली माटोको इतिहास, भूगोल, संस्कृतिमा टेकेर समय, समाज र संवेदनालाई साहित्यमा लेख्ने स्रष्टा नवराजका कलमले समाजमा रोग, भोक, शोक र गरिबीका बीच प्रेमिल विषयहरु लेख्न मान्दैन ।

रेडियो नेपालका कार्यक्रम महाशाखाका निर्देशक डा नवराज केही वर्षअघिसम्म रातमा जम्मा दुई घण्टा मात्रै निदाएर आँखाको थकान मेटाउने गर्नुहुन्थ्यो । रेडियोको सेवाका साथै साहित्यिक लेखन, लेखनका लागि समाज र विषयवस्तुको अध्ययन, बिबिसी नेपाली सेवाका पहिलो कला संवाददाता आदि जिम्मेवारी एकै पटक सम्हाल्नु एउटा महाकाव्यकारका लागि कति सहज होला रु तर नवराजले ती दिनहरु पार गरिसकेकाले अब श्रोता र पाठकको माया र प्रतिक्रियामा खुसीका क्षणहरु बिताउन थाल्नुभएको छ ।

हालसम्म ३५० गीतहरु रेकर्ड गरिसकेका नवराज रेडियोमा ‘मधुवन’ कार्यक्रमका माध्यमबाट निकै लोकप्रिय हुनुभएको छ । प्रत्येक हप्ता एक घण्टाको साहित्यिक कार्यक्रम ‘मधुवन’ रेडियो नेपालबाट २०५४ सालदेखि निरन्तर सञ्चालन भएको छ । लम्साल धादिङको नीलकण्ठ नगरपालिका–११ मा पिता टङ्कप्रसाद र आमा हेमकुमारीको कोखबाट विसं २०२६ साउन ८ गते जन्मनुभएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सव २०५९ मा प्रथम भएका कवि लम्सालले विसं २०४१ अरुणोदय पत्रिकामा ‘बन्दना’ शीर्षकबाट काव्ययात्राको थालनी गर्नुभएको थियो ।

हाल चन्द्रागिरि नगरपालिका–१५ स्थित शब्दशिविरमा बस्दै आउनुभएका लम्सालले लोकगीत विषयमा विद्यावारिधि गर्नुभएको छ । उहाँका ‘पाइलैपिच्छे सगरमाथा’ ९कवितासङ्ह, २०६१०, ‘आगो छोपेर कतिन्जेल’ (कविता सङ्ग्रह, २०६२), ‘धुनभित्र धुनबाहिर’ (गीतिसङ्ग्रह, २०६२), ‘कर्ण’ (महाकाव्य, २०६६0, ‘उडूँ उडूँ लाग्छ १’ (बालगीत सङ्ग्रह, २०७२), ‘धरा’ (महाकाव्य, २०७३), ‘क्रमशः एक्लै एक्लै’ (कविता सङ्ह २०७४) प्रकाशित भइसकेका छन् ।

प्रकाश सिलवाल/ रासस