२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठाकुर नेतृत्वको लोसपामा १४ सांसद र १६ कार्यकारी सदस्यको सनाखत



अ+ अ-

काठमाडौ ।  महन्थ ठाकुर नेतृत्वको  लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि  १४ जना सांसद र १६ कार्यकारी सदस्यले निर्वाचन आयोगमा सनाखत गरेका छन्। निर्बाचन आयोग पुगेर प्रतिनिधि सभाका १४ र राष्ट्रिय सभाका एक जना सांसदले नयाँ पार्टी दर्ताका लागि सनाखत गरेका हुन्।

यसै गरी कार्यकारी समितिका ५१ जना मध्ये १६ जनाले लोकतान्त्रिक समाजवादी पार्टी को पक्षमा हस्ताक्षर गरेका छन् । निलम्बनमारहेका  सांसद रेशम चौधरीले डिल्लीबजार कारागारबाट मञ्जुरीनामा दिएर सनाखत गरेका  छन् ।