६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

प्रिमियर लिगः म्यान्चेस्टर सिटी, युनाइटेड, आर्सनल, लिभरपुल र चेल्सी विजयी

प्रिमियर लिगः म्यान्चेस्टर सिटी, युनाइटेड, आर्सनल, लिभरपुल र चेल्सी विजयी
अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले पुनरागमन जित निकालेको छ । पहिलो हाफमा दुई गोलले पछि परेको सिटीले दोस्रो हाफमा चार गोल गर्दै सानदार कमब्याक गरेको हो ।

सिटीको घरेलु मैदान इतिहादमा शनिबार राति भएको खेलमा सिटीलाई ४–२ गोलको जित दिलाउन एर्लिङ हालाण्डले ह्याट्रिक गरे भने एक गोल बर्नार्डो सिल्भाले गरे ।

क्रिस्टल प्यालेसका जोआचिम एन्डरसनको गोल सान्त्वना बन्यो । प्यालेसले एक गोल उपहार पाएको थियो । सिटीका जोन स्टोनले आत्मघाती गोल गरे ।

चौथो मिनेटमा जोन स्टोन्सको आत्मघाती गोलबाट घरेलु टोली सिटी खेलमा पछि परेको थियो । २१औं मिनेटमा जोआचिम एन्डरसनले गोल गरेपछि सिटी पहिलो हाफमा २–० ले पछि परेको थियो ।

तर, दोस्रो हाफमा सिटीले सानदार कमब्याक गर्यो । ५३औं मिनेटमा बर्नाडो सिल्भाले रोड्रीको पासमा गोल गर्दै सिटीलाई खेलमा फर्काए । ६२औं मिनेटमा फिल फोडेनको पासमा हालाण्डले गोल गर्दै सिटीलाई २–२ गोलको बराबरीमा ल्याए ।

७०औं मिनेटमा जोन स्टोन्सको पासमा हालाण्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई खेलमा ३–२ को अग्रता दिलाए । ८१औं मिनेटमा इल्काए गुन्डोवानको पासमा हालाण्डले ह्याट्रिक पूरा गरेपछि सिटी ४–२ गोलले विजयी बन्यो ।

यसै समरमा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट सिटी आएका हालाण्डको यो प्रिमियर लिगमा पहिलो ह्याट्रिक समेत हो ।

जितसँगै सिटी चार खेलमा १० अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेल खेलेको प्यालेस ४ अंकसहित १३ औं स्थानमा छ ।

बर्नमाउथको पोस्टमा लिभरपुलले हान्यो ९ गोल

शनिबार राति सम्पन्न अर्को खेलमा लिभरपुलले बर्नमाउथलाई ९–० को फराकिलो गोलले पराजित गरेको छ ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन लुइस डियाज र रोबर्टो फिर्मिनोले दुई–दुई गोल गरे भने हार्वी एलिअट, अलेक्जान्डर आर्नल्ड, भान डाएक, फाविओ कार्भाल्होले एक–एक गोल गरे । बर्नमाउथका क्रिस मेफामले आत्मघाती गोल गर्दा लिभरपुलले एक गोल उपहारस्वरुप पायो ।

जितसँगै लिभरपुल चार खेलबाट ५ अंकसहित तालिकाको आठौं स्थानमा रहेको छ । समान खेल खेलेको बर्नमाउथ ३ अंकसहित १६ औं स्थानमा छ ।

आर्सनलको लगातार चौंथो जित


प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले अपराजित यात्रा कायमै राखेको छ । शनिबार राति सम्पन्न खेलमा फलहमविरुद्ध आर्सनलले २–१ गोलको जित निकालेको हो ।

घरेलु मैदान इमिरेट्समा खेलको ५६ औं मिनेटमा फुलहमका एलेक्सान्डर मित्रोभिचले गोल गरेपछि आर्सनल सुरुवाती पछि परेको थियो । आर्सनलका डिफेन्डर गाब्रियल मेगाल्हेसले डि–बक्सभित्र गल्ती गरेपछि मित्रोभिचले गोल गरेका हुन् ।

६४ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई १–१ को बराबरीमा ल्याए । तर, ८५ औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई महत्वपूर्ण तीन अंक दिलाए ।

जारी सिजनमा अपराजित रहेको आर्सनले ४ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्षस्थानमा कायम छ । समान खेल खेलेको फुलहम ५ अंकसहित ११ औं स्थानमा छ ।

चेल्सीले लेस्टर सिटीलाई हरायो


यस्तै अर्को खेलमा चेल्सीले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति नै भएको खेलमा १० खेलाडीमा सिमित चेल्सीले लेस्टर सिटीलाई २–१ गोल अन्तरले हराएको हो ।

चेल्सीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई गोल गरे । लेस्टरका हार्भे बान्र्सले एक गोल फर्काए ।

खेलको २८ औं मिनेटमा कोनोर गल्लाघेरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा चेल्सी १० खेलाडीमा समेटिएको थियो ।

तर, खेलको ४७ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । खेलको ६३ औं मिनेटमा स्ट्रर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता २–० को बनाए ।

त्यसपछि ६६ औं मिनेटमा बान्र्सले गोल गरेपनि लेस्टरको हार टार्न सकेनन् ।

जितसँगै ४ खेलमा ७ अंक जोड्दै चेल्सी छैटौं स्थानमा रहेको छ । समान खेल खेलेको लेस्टर १ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

युनाइटेडले साउथह्याम्प्टनलाई हरायो


म्यानचेस्टर युनाईटेडले प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ ।

शनिबार भएको खेल युनाईटेडले साउथह्याम्पटनलाई १–० गोलले पराजित गरेको हो ।

युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेजले निर्णायक गोल गरे । खेलको ५५ औं मिनेटमा डालोटको पासमा उनले गोल गरेका हुन् ।

जितसँगै चार खेलबाट ६ अंक जोडेको युनाइटेड तालिकाको सातौं स्थानमा रहेको छ । साउथह्याम्प्टन ४ अंकका साथ १४ औं स्थानमा छ ।