५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्याले नेपाललाई दियो १३३ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । घरेलु टोली केन्याले दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपालसामु जितका लागि १ सय ३३ रनको लक्ष्य दिएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन जोड्यो ।

केन्याका लागि राकिप पटेलले सर्वाधिक ३५ रन जोड्दा नेहिमिह ओधियाम्बोले २९ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३/३ विकेट लिए ।

करण केसीले २ तथा पवन सर्राफले १ विकेट लिए ।

बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले पराजित गरेको थियो ।